थोत्रा गाडीका भरमा दायित्व पूरा गर्दै सेना

थोत्रा गाडीका भरमा दायित्व पूरा गर्दै सेना

कंगोः नेपालबाट आएको उच्चस्तरीय प्रतिनिधिमण्डललाई बोकेर कंगोको बेनीबाट बियाकार्टतर्फ जाँदै गरेको गाडी बीच बाटैमा घ्याच्च रोकियो । न प्रतिनिधिमण्डल अघि बढ्न मिल्ने, न गाडी बीच बाटोमा छोड्न मिल्ने । त्यहाँका विद्रोहीको आधारभूमिमा गाडी बिग्रिएपछि नेपाली सेनाका अधिकृतहरू तनावमा परे ।

घटना दई साताअघिको हो । शान्ति मिसनमा कंगो खटिएको नेपाली सेना अहिले थोत्रा गाडीका भरमा आफ्नो ज्यानको बाजी थाप्दै मलकले सम्पिएको दायित्व निर्वाह गर्दैछ । कंगोको पूर्वी भाग (विद्रोहीको आधारभूमि ) मा खटिएको नेपाली सेनाको कामको जति सम्मान र प्रशंसा छ, त्यही अनपातमा पराना गाडीका कारण नेपाली सेनाका अधिकृत खिन्न छन् ।

‘थोत्रा गाडीका कारण भिडन्त भइरहेका ठाउँमा गाडी छोड्ने मात्र होइन, कैयौं दिन बाटोमै रात बिताएका छौं,' कंगो मिसनका प्रमख एवं प्रमख सेनानी चक्रबहादर शाह भन्छन्, ‘साधनस्रोतले सम्पन्न हने हो भने यहाँ नेपाली सेनालाई सर्वाधिक सम्मान हासिल हनेछ ।'

कंगो मिसनमा नेपाली सेनासँग एक सय २४ वडा गाडी छन् । तीमध्ये ३० वटामात्र चल्ने अवस्थामा छन् । ‘संयक्त राष्ट्रसंघले सबै देशका सेनाका लागि गाडी खरिद र भाडा रकम बराबर दिन्छ । अन्य देशका गाडी हेर्नहोस्, हाम्रा गाडी हेर्नहोस,' सेनाका एक अधिकृतले भने, ‘नेपाली सेना कनै रूपमा कमजोर छ भने त्यो साधनस्रोतले मात्र हो ।'

कंगोको किभ प्रदेश विद्रोहीको आधारभूमि हो । नन्द बक्स गणअन्तर्गत पाँच स्थानमा नेपाली सेना तैनाथ छ । ‘व्रिदोहीको आधारभूमि भएकाले यो क्षेत्रमा अन्य कोही पनि बस्न मान्दैन,' प्रमख सेनानी शाह भन्छन्, ‘नेपाली सेनाको काम देखेर राष्ट्रसंघ मात्र होइन, यहाँका बासिन्दा पनि निकै खसी छन् ।' यगान्डाबाट आएको कट्टरपन्थी समूह (एडीएफ), रवान्डाबाट आएको (एफडीएलआर), माईमाईलगायतका विद्रोही समूहको पकड मानिने क्षेत्रमा नेपाली सेना साधनस्रोतकै अभावमा पनि देशको इज्जत राखिरहेको छ । ‘यहाँको साधनस्रोतको अवस्थाबारे स्वदेश फर्केपछि सम्बन्धित निकायमा करा राख्छौं,' नेपाली सेनाका अवकाश प्राप्त उपरथी महेशविक्रम शाहले त्यहाँ तैनाथ अधिकृतलाई भने ।

यसअघि तत्कालीन रक्षासचिव जयमकन्द खनाल कंगो पगी सेनाको साधनस्रोतबारे अध्ययन गरे पनि त्यसबाट केही नताजा ननिस्केको सेनाका अधिकारीहरू बताउँछन् । राष्ट्रसंघले मापदण्डअनसारको गाडी किन्न र त्यसअनसारको भाडा प्रत्येक वर्ष सम्बन्धित देशलाई दिने गर्छ । ‘तीनदेखि चार वर्षमा गाडीको सबै लागत भाडाबाट उठ्छ,' सेनाका एक अधिकृतले भने, ‘राष्ट्रसंघअन्तर्गत अन्य सेनाका गाडी देख्दा हामी चप लागेर बस्नपर्ने अवस्था छ ।'

नेपाली सेनाको जिम्मेवारीमा रहेको कंगोको पूर्वी भागमा सन, कोल्टान, हीरा, टिम्बरलगायतका बहमूल्य धातका खानी रहेकाले त्यस क्षेत्रमा विद्रोहीहरू एकत्रित हने गरेका छन् । त्यस क्षेत्रमा राष्ट्रसंघको हेलिकोप्टरमा समेत विद्रोहीले आक्रमण गरेका थिए । ‘हाम्रै गणमा पनि दर्जनांैपटक आक्रमण भएको छ,' प्रमख सेनानी शाह भन्छन्, ‘कैयौं रात हामी नसती विद्रोहीसँग भिडेका छौं ।'

यद्धका कारण शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटोजस्ता आधारभूत आवश्यकताबाट विमख त्यहाँका बालबालिका, महिला र स्थानीय जनताका लागि नेपाली सेनाले सामाजिक सधारका विभिन्न काम गरिरहेको छ । ‘नेपाली सेनाले स्वास्थ्य शिविर, सरसफाइ, विद्यार्थीलाई स्टेसनरीका सामान वितरण गरेर हामीलाई निकै गन लगाएको छ,' अमन नाम गरेका एक स्थानीय यवकले अन्नपूर्णसँग भने, ‘नेपाली सेनाको काम र व्यवहारका कारण हामी खसी छांै । नेपाली सेना नहने हो भने हामी कति बेला विद्रोहीको निसानामा पथ्र्याैं भन्ने कल्पना पनि गर्न सक्दैनौं ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.