दुई राप्रपा एकीकरण

दुई राप्रपा एकीकरण

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीच एकताको टुंगो लागेको छ । दुई पार्टीका अध्यक्षले शनिबार संयुक्त विज्ञप्ति जारी दुई पार्टी एक भएको घोषणा गरेका हुन् । हिन्दु राष्ट्रलाई एकीकरणको बटमलाइन बनाउने सहमतिका साथ दुई पार्टीले आगामी मंगलबार पार्टी एकताको औपचारिक घोषणा गर्ने भएका छन् ।

नयाँ संविधान घोषणा हुने क्रममा राप्रपाले धर्मनिरपेक्षता स्वीकारेको थियो भने राप्रपा नेपालले गणतान्त्रिक आन्दोलनदेखि नै हिन्दु धर्मको वकालत गर्दै आएको थियो । पछिल्लो समयमा राप्रपाभित्रैबाट पार्टीले हिन्दु राष्ट्रलाई बटमलाइन बनाउनुपर्ने दबाब बढेको थियो । राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणा र राप्रपा नेपालका अध्यक्ष कमल थापाले संयुक्त विज्ञप्ति जारी गरी बलियो राष्ट्रवादी शक्ति निर्माणका गर्नका लागि दुवै पार्टीले मंगलबार एकता घोषणा गर्ने उल्लेख गरेका छन् ।

हिन्दु राष्ट्रलाई एकीकरणको बटमलाइन बनाउने सहमतिका साथ दुई पार्टीले आगामी मंगलबार पार्टी एकताको औपचारिक घोषणा गर्ने भएका छन् ।

 

यसअघि दुवै पार्टी एमाले अध्यक्ष केपी ओली सरकारमा सहभागी थिए । एमाओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ओली र दाहालको पक्षमा विभाजित भएका थिए । त्यसपछि संसद्मा भएको प्रधानमन्त्री निर्वाचनमा राप्रपा नेपालले पुष्पकमल दाहालका विपक्षमा मतदान दिएको थियो भने राप्रपाले पक्षमा दिएको थियो ।

स्रोतका अनुसार दुवै पार्टीले दाहाल नेतृत्वको सरकारका जाने-नजाने भन्नेमा एकताअघि कुनै निर्णय नगर्ने सहमति गरेका छन् । यस विषयमा दुवै पार्टी एक भएपछि केन्द्रीय समितिमा छलफल गरेर निर्णय गर्ने सहमति पनि भएको छ ।

दुवै पार्टीमा एकतनका लागि बनेका कार्यदलले दिएको प्रतिवेदनलाई आधार मान्दै हिन्दु राष्ट्रलाई बटमलाइन मान्ने सहमति भएको राप्रपाका केन्द्रीय सदस्य राजेश गिरीले जानकारी दिए । पार्टी एक भएपछि पार्टीको नाम पनि राष्ट्रिय प्रजातन्त्र पार्टी रहने भएको छ । दुवै पार्टीका तर्फबाट एक सय ३० का दरले केन्द्रीय सदस्यमा सहभागी गराइने सहमति भएको छ ।

यसो गर्दा एकीकृत राप्रपाको केन्द्रीय समिति दुई सय ६० सदस्यीय हुनेछ । एकतापछि पशुपतिशमशेर राणा राष्ट्रिय अध्यक्ष र कमल थापा अध्यक्ष हुनेछन् । अध्यक्षलाई परामर्श गर्न पार्टीका शीर्ष नेता सम्मिलित परामर्श समिति रहने पनि सहमति भएको छ ।

एकतापछि राप्रपा नेपालको झन्डा प्रयोग गर्ने सहमति भएको छ भने चुनावचिह्न हलो र गाईमध्ये एउटाको छिनोफानो महाधिवेशनमा वा केन्द्रीय समितिले लगाउने सहमति भएको छ । पार्टीका जनवर्गीय संगठन र तल्ला कमिटीको हकमा भने केन्द्रीय समितिले खाका तयार गर्ने सहमति भएको गिरीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.