दुई करोड भ्रष्टाचार आरोपमा उपसचिवविरुद्ध मुद्दा
काठमाडौँः करिब दुई करोड बराबर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक उपसचिवविरुद्ध मुद्दा दर्ता गरेको छ ।
ऋण असुली न्यायाधीकरणका तत्कालीन उपसचिव इन्द्रप्रसाद ढुङ्गानाले गैरकानुनी रुपमा एक करोड ९६ लाख ८२ हजार २५४ भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता कृष्णहरि पुस्करले जारी गरेको विज्ञप्तिमा ढुङ्गेल ऋण असुली अधिकृतका रुपमा रहँदा गैरकानुनी रुपमा भ्रष्टाचार गरी रकम कमाएको र पदीय हैसियत नमिल्दो उच्च जीवनस्तरयापन गरेको पाइएकोे अनुसन्धानका क्रममा खुलेको उल्लेख छ ।
आयोगले ढुङ्गाना तथा निजकी श्रीमती कौशिला ढुङ्गानाका नाममा रहेको स्रोत नखुलेका चल अचल सम्पत्तिसमेत जफत गर्न माग दाबी गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।