विज्ञानको नतिजा आजै
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख महिनामा सञ्चालित कक्षा १२ को विज्ञान विषयको नतिजा आज सार्वजनिक गर्ने भएको छ ।
नतिजा सार्वजनिक सम्बन्धि निर्णय गर्न अहिले राष्ट्रिय परीक्षा बोर्डको वैठक बसिरहेको छ । बोर्ड सदस्य तथा शिक्षा विभागका महा निर्देक खगराज बरालले वैठक जारीरहेको बताए । शिक्षा ऐन शंसोधनसंगै उच्च माध्यमिक शिक्षा परिषद राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएपछि पहिलो पटक नतिजा सार्वजनिक गर्न लागिएको हो।
कक्षा बाह«मा विज्ञान तर्फबाट ४५ हजार विद्यार्थी सहभागी भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए ।