'ब्यारेकबाटै हतियार हरायो' भनेपछि सेनामा खैलाबैला

'ब्यारेकबाटै हतियार हरायो' भनेपछि सेनामा खैलाबैला

धनगढी : नेपाली सेनाको सुदूरपश्चिम पृतनाबाट एसएमजीसहित दुईवटा गोली भरिएका म्यागेजीन हराएपछि सेनाभित्र खैलाबैला मच्चिएको छ ।दिपायलमा सुरक्षार्थ खटिएको गरुडदल गणको एक टुकडीको हतियार शुक्रबार हराएको बताइएको छ । तर सेनाले यसको आधाकारिक पुष्टि गरेको छैन ।

यसबारेमा बुझ्न खोज्दा नेपाली सेनाका प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले अन्नपूर्ण अनलाइनसँग भने, 'अहिले नै हराएको भन्न मिल्ने अवस्था होइन। मिसपेलेस पनि हुनसक्छ । यसबारेमा हामी छानबिन गरिरहेका छौं। एकिन भएपछि के भएको हो भनेर हामी जानकारी दिन्छौं ।'

हतियार हराएपछि छानबिनका लागि नेपाली सेनाको एक टोली हेलिकोप्टरमार्फत दिपायल पुगेको स्थानीय स्रोतले बताएको छ । पृतनाबाट सटमेसिन गन (एसएमजी) एक थान र त्यसमा लोडेड दुई वटा म्यागजिन हराएपछि छानविनका लागि टोली दिपायल पुगेको हो ।

हतियार र गोली हराएपछि सुदूरपश्चिम पृतनामा आन्तरिक छानबिन भइरहेको छ । यस बिषयमा सुदूरपश्चिम पृतनाका सैनिक अधिकारीहरु केही बोल्न चाहिरहेका छैनन् ।
हतियार भण्डारण गर्ने कोतको ताला तोडिएको अवस्थामा भेटिएको र शुक्रबार हतियार हराएको खुलेको थियो । हतियार गन्दा एसएमजी फेला नपरेकाले छानबिन सुरु भएको सैनिक स्रोतको दाबी छ ।

तर हतियारसहित सैनिक जवान फरार भएको खबर बाहिर आएपनि सेनाले उक्त कुरा झुटो भएको र आफनो कुनै पनि सैनिक जवान फरार नभएको दाबी गरेको छ । सैनिक अधिकारीसँग यस बिषयमा बयान लिने तथा सोधपुछ गर्ने काम भईरहेको स्रोतले बतायो ।

सुदूरपश्चिमका पृतनापति उपरथी विनोदकुमार श्रेष्ठ केही हप्तादेखि विदेश भ्रमणमा भएकाले हतियार हराएको बिषयलाई लिएर कैलालीको अत्तरिया स्थित ५ नम्बर बाहिनीका पाँच बाहिनीपति सहायकरथी रामशरण कार्की छानबिनका लागि सुदूरपश्चिम पृतना पुगेका छन । कार्की निमित्त पृतनापतिको जिम्मेवारीमा थिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.