ओलीले रेलाई भने-अस्वाभाविक चलखेल स्वीकार्य हुन्न

ओलीले रेलाई भने-अस्वाभाविक चलखेल स्वीकार्य हुन्न

काठमाडौं: पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले नेपालको आन्तरिक राजनीतिमा हुने अस्वाभाविक चलखेल आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् । एमाले मुख्यालय धुम्बाराहीमा आइतबार भएको भेटमा ओलीले भारतीय राजदूत रन्जित रेसँग यस्तो धारणा व्यक्त गरेका हुन् ।

'हाम्रो पार्टी छिमेकी मुलुकसँग हार्दिक र मित्रतापूर्ण सम्बन्धका पक्षमा छ । नेपालको आन्तरिक राजनीतिमा हुने कुनै पनि अस्वाभाविक चलखेल स्वीकार्य छैन,' ओलीले भने । उनले आफूहरू सबैको हित गर्ने भएको र आफूहरूको आन्तरिक मामिलामा पनि कतैबाट हस्तक्षेप हुन नहुने बताए ।

स्रोतका अनुसार रेले ओलीलाई भेट्न उनको निजी निवास बालकोट नै आउन इच्छा गरेका थिए । तर ओलीले पार्टी कार्यालय धुम्बाराहीमा भेट गर्ने व्यवस्था मिलाएका थिए ।

राजदूत रेले ओलीसँग नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी भएको र नेपालसँग सहकार्य जारी राख्ने बताएका थिए । ओली र रेबीच आधा घन्टा भएको गोप्य भेटमा ओलीले बारम्बार नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले नेपाली जनताले गरेको निर्णयको सबैले सम्मान गर्नुपर्ने बताएका थिए । उनले आफूहरू छिमेकीलगायत सबै मित्रराष्ट्रको भलो चिताउने भएकाले अरूबाट पनि त्यस्तै अपेक्षा गरेको बताएको जानकारी स्रोतले दियो ।

 

स्रोतका अनुसार राजदूत रेले नेपाल भारतको अभिन्न मित्र भएकाले यसको सार्वभौमसत्ता र नेपाली जनताले गर्ने निर्णयलाई सम्मान गर्दै अगाडि बढ्ने जबाफ दिएका थिए । ओलीले भने विगतमा केही समस्या रहेको नेपाल–भारत सम्बन्धलाई आफ्नो नेतृत्वको सरकारले सामान्य बनाएको र सबैसँग समानताका आधारमा मित्रवत् सम्बन्ध राख्न सफल भएको बताएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै ओलीलाई भेट्न चीनका राजदूत ऊ चुन्ताई बालकोट पुगेका थिए । ओली प्रधानमन्त्रीबाट हटेपछि भारतीय राजदूत रेले पनि भेटेका हुन् ।

एमाले प्रचार विभागका तर्फबाट सचिव विष्णु रिजालले विज्ञप्ति जारी अध्यक्ष ओलीसँग नेपालका लागि भारतीय राजदूत रेले शिष्टाचार भेट गरेको जनाएका छन् । 'पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान ११ बजे भएको भेटका क्रममा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको थियो ।

भेटका अवसरमा अध्यक्ष ओलीले आफ्नो पार्टी छिमेकी मुलुकहरूसँग हार्दिक र मित्रतापूर्ण सम्बन्धका पक्षमा रहेको उल्लेख गर्दै नेपालको आन्तरिक राजनीतिमा हुने कुनै पनि अस्वाभाविक चलखेल स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । त्यस्ता चलखेलले परिस्थितिलाई जटिल बनाउने भएकाले सबैले सतर्कताका साथ काम गर्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो,' विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.