प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राजदूतबीच भेटवार्ता
काठमाडौं: नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपालका लागि अमेरिकी राजदूत अलेना बी. टेप्लिट्सबीच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटबार्ता भएको छ ।
भेट बार्ताका क्रममा राजदूत टेप्लिट्सले प्रधानमन्त्रीलाई बधाई तथा कार्याकालको पूर्ण सफलताको शुभकामना दिँदै काबुलमा भएको नेपालीहरुको हत्याप्रति दुख व्यक्त गर्नुका साथै नेपालको शान्ति, संविधान र समसामयिक राजनीतिबारे चासो राखेकी थिइन् ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले बधाई तथा शुभकामना ग्रहण गर्दै सकारात्मक सहयोगका लागि महामहिम राजदूत, अमेरिकी सरकार र जनतालाई धन्यवाद दिएका थिए ।