जब बाबुले पाइलट छोरोको जहाज खसेको खबर सुने

जब  बाबुले पाइलट  छोरोको जहाज खसेको खबर सुने

विर्तामोडः सोमबार फिसटेल एयरका क्याप्टेन रन्जन लिम्बुका बुवा भक्त खेबांग लिम्बु विराटनगरबाट घर फर्कंदै गर्दा दमक आइपुगेपछि छोरो अब यो संसारमा रहेन भन्ने कुरा थाह पाए ।

उनी घर आइपुग्दा आफन्त तथा परिवारका सदस्य भेला भइसकेका थिए । क्याप्टेन लिम्बुकी आमा शान्ताकुमारी लिम्बु मुर्छित अवस्थामा थिइन् । उनी केही बोल्न सकिरहेकी थिइनन् । बाबु खेबांगले भने, ‘जब उसले उडाएको हेलिकप्टर बेपत्ता भयो भन्ने कुरा थाह पाएँ, सोचें अब छोरो छैन भन्ने भयो ।’

२०४६ साल असार १० गतेका दिन जन्मेका क्याप्टेन लिम्बुले २१ बर्षमा विमान चालक बनिसकेको उनका बुवा भक्त खेबांग लिम्बुले बताए । उनले अमेरिकाबाट विमान चालकको कोर्स गरेको उनले बताए । रन्जनका बाबु खेबांगले भने, ‘दुई बर्ष अघि रन्जन क्याप्टेन भएको हो ।’

उनी सानैदेखि पढनमा अब्बल समेत भएको परिवारका सदस्यहरुले बताएका छन् । बाबु आमाका कान्छा छोरा रन्जन सानैदेखि हक्की स्वभावका समेत भएको उनको फुपूको छोरा लाजेहांग साम्योले बताए । रन्जनले आमा शान्तालाई दुईदिनअघि र दाजुलाई एकदिन अघि फोन गरेका थिए ।

उनका बाबु भक्त खेबांग पूर्व ब्रिटिस आर्मीमा काम गर्थे । धाइजन ६ पीपलडाँगी रहेको घरमा क्याप्टेन रन्जनका बुबा, आमा र दाजुको परिवारको बसोबास छ । अविवाहित रन्जन परिवारका कान्छा छोरा हुन् । उनी काठमाण्डौमा ए लेभलको पढाई सकेर पाइलट बन्न अमेरिका गएका थिए ।

फोटोग्राफीका शौखिन थिए रन्जन

क्याप्टेन रन्जन जहाँ हेलिकप्टर उडाएर जान्थे त्यहाँको तस्वीर उनी आफ्नो फेसबुक पेजमा पोस्ट गरिहाल्थे । अप्ठ्यारा स्थानहरुमा हेलिकप्टर अवतरण गरेका तस्वीरहरु उनको फेसबुक पेजमा देख्न पाइन्छ ।

बालबालिकाहरुसंग फोटो खिच्न उनी खुब रुचाउँथे । उनको फुपूको छोरो लाजेहांगले भने, ‘उसलाई फोटोग्राफीको ठूलो शोख थियो । उसले पोस्ट गरेका फोटाहरु निकै गज्जबका हुन्थे ।’

उनको घरको कोठाहरुमा उनले खिचेका र उनका दुर्लभ तस्वीरहरु सजाएर राखिएका छन् । लाजेहांगले भने, ‘अब भाइ इतिहासमा सीमित भयो ।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.