राप्रपा एकता भाँडियो, पशुपतिको राप्रपा सरकारमा

राप्रपा एकता भाँडियो, पशुपतिको राप्रपा सरकारमा

काठमाडौँ : दुई राष्ट्रिय प्रजातन्त्र पार्टीबीच मंगलबार हुने भनिएको एकता भाँडिएको छ। एकीकरणका लागि मिति घोषणा भइसकेपछि पनि अन्तिम क्षणमा एकता भाँडिएको हो। पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी एकता प्रकियाबाट अलग भएर सरकारमा जाने निर्णय गरेको छ।

राप्रपाबाट मंगलबार नै दुईजना मन्त्री भएका छन्। अन्तिम क्षणमा आएर एकता प्रकियाबाट अलग हुनु दुर्भाग्यपूर्ण भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले दु:ख व्यक्त गरेका छन्। दुवैपक्षको सहमतिमा पार्टी एकिकरण घोषणाको मिति तय भैसकेको अवस्थामा एकपक्षीय रुपमा एकिकरण स्थगन गर्ने पशुपति शमशेरजीको निर्णय दुर्भाग्यपूर्ण रहेको भन्दै थापाले ट्वीटसमेत गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले अन्तरिम विधानको मस्यौदा परिमार्जन नभएसम्म एकता प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ ।

पार्टीका सहप्रवक्ता किरण गिरीले बैठकमा अन्तरिम विधान मस्यौदा समितिले तयार गरेको प्रतिवेदन पेस भएको र त्यसमा छलफल समेत भएको जानकारी दिनुभयो । दुई पार्टीबीच एकता अहिलेको राष्ट्रिय आवश्यकता भएको ठहर गर्नाका साथै एकताका लागि थप छलफलको खाँचो भएकाले राप्रपा नेपाललाई थप अध्ययनका लागि आग्रह गरेको छ ।

राप्रपाको सो निर्णयसँगै राप्रपा नेपालसँग मङ्गलबार हुने भनिएको एकीकरणको घोषणासभा प्रभावित भएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.