सरकार फेरिए पनि चीनका राष्ट्रपतिको नेपाल भ्रमण नरोकिने

सरकार फेरिए पनि चीनका राष्ट्रपतिको नेपाल भ्रमण नरोकिने

काठमाडौं: नेपालमा हालै भएको सत्ता परिवर्तनका कारण चिनियाँ राष्ट्रपति सी जिनपिङको यही वर्ष हुने भनिएको नेपाल भ्रमण प्रभावित नहुने चीनका एक प्रभावशाली विज्ञले बताएका छन् ।

हाल नेपाल भ्रमणमा रहेका चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्स (सीआईसीआईआर) का अध्यक्ष जी चियेले चीन अध्ययन केन्द्रद्वारा सोमबार साँझ आयोजित कार्यक्रममा यस्तो बताएका हुन् । सीआईसीआईआर चिनियाँ राष्ट्रपति सी जिनपिङ नेतृत्वको स्टेट काउन्सिल मातहत रहने बौद्धिक संस्था हो ।

‘यही वर्ष हाम्रा राष्ट्रपतिको नेपाल भ्रमण हुनेछ र यसबाट दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुनेछ', उनले भने । केपी ओली नेतृत्वको सरकारको बहिर्गमनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा बनेको नयाँ सरकारको कार्यकालमा चिनियाँ राष्ट्रपतिको भ्रमण नहुने हो कि भन्ने आशंका रहेका बेला जीको यस्तो भनाइ आएको हो ।

दुई महिनाअघि नेपाल भ्रमणमा आएका चिनियाँ सेनाका उपप्रमुखले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण यही वर्ष हुने जानकारी नेपाल सरकारलाई गराएका थिए । असारमा सम्पन्न परराष्ट्रसचिव शंकरदास बैरागीको चीन भ्रमणमा समेत चिनियाँ राष्ट्रपतिको भ्रमणले प्राथमिकता पाएको थियो ।

पूर्वप्रधानमन्त्री ओलीको चीन भ्रमणमा भएका पारवहन, यातायात सम्झौतालगायत अन्य सम्झौतालाई नेपालले इमानदार रूपमा कार्यान्वयन गरेको खण्डमा चिनियाँ राष्ट्रपतिको भ्रमण हुनेमा सरकारी अधिकारी समेत विश्वस्त देखिएका छन् ।

दुई मिनेटको मन्तव्यका क्रममा चिनियाँ विज्ञ जीले नेपाल—भारत सम्बन्ध सुदृढ होस् भन्ने चीनको चाहना रहेको बताए ।
‘भारतसँग असल सम्बन्ध राख्न चीनले नेपाललाई प्रोत्साहित गर्दै आएको छ', उनले भने । तर उनले हालैका वर्षमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धमा आएको तिक्तताबारे कुनै टिप्पणी गरेनन् ।

जीले आफ्ना चाहना र मागबारे स्पष्टसँग चीनसमक्ष अभिव्यक्त गर्न नेपाललाई आग्रहसमेत गरे । उनले भने, ‘नेपालले स्पष्टसँग आफ्ना माग र चाहना राखेको खण्डमा त्यसलाई पूर्ति गर्न चीन सदैव तयार छ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.