वातावरणीय प्रदूषणबाट वार्षिक २० हजारको मृत्यु

वातावरणीय प्रदूषणबाट वार्षिक २० हजारको मृत्यु

मेक्सिको सिटीः मेक्सिकोमा वायु प्रदूषणबाट वर्षेनि कम्तीमा पनि २० हजारजनाको ज्यान जाने गरेको छ ।

मेक्सिकोको नेसनल इन्स्टिच्युट फर पब्लिक हेल्थले दिएको जानकारीअनुसार वर्षमा २० हजार नागरिकको वायु प्रदूषण र यससँग सम्बन्धित समस्याका कारण ज्यान जाने गरेको पाइएको छ ।

मेक्सिको सिटीमा आयोजित जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा बोल्दै उक्त संस्थाका निर्देशक माउरिको हर्नान्डेजले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार मेक्सिकोमा वायु प्रदूषणको अवस्था अत्यन्तै घातक र डरलाग्दो गरी फैलिएको छ । यसका कारण मेक्सिकोका कम्तीमा पनि ११ वटा सहर प्रभावित भएका छन् ।

ती ११ सहरमा बस्ने दस लाखभन्दा बढी नागरिक वायु प्रदूषणको चपेटामा परिरहेका पनि उनले जानकारी दिएका छन् । मेक्सिकोमा भएका वायु प्रदूषणको अवस्था हेर्दा वार्षिक कम्तीमा पनि २० हजार मानिस यसै कारणले मृत्यु हुने गरेका छन् ।

यसबाट वर्षेनि लाखौं मानिस नराम्रोसँग प्रभावित हुने गरेका छन् । मेक्सिकाका विभिन्न सहरमा पछिल्ला वर्षहरूमा बढ्दै गएको वायु प्रदूषणका कारण श्वासप्रश्वास र मुटुको रोगको प्रकोप बढ्ने गरेको पाइएको उनले खलासा गरे । उनी मेक्सिकोको स्वास्थ्य मन्त्रालयको जनस्वास्थ्य महाशाखाको पनि प्रमुखका रूपमा रही काम गरिरहेका छन् ।

गत मार्च १ तारिखदेखि हालसम्म अनुसन्धान गरिएको एक तथ्यांकमा त्यस अवधिमा अस्पतालमा आएका विरामीमा श्वासप्रश्वास र मुटुका रोगीहरू बढी आएका थिए । उनीहरूको विमार वातावरणीय प्रदूषणका कारणले बढेको थियो ।

मेक्सिको सवारीसाधनहरू धेरै रहेको देशमा पर्छ । त्यस देशमा सञ्चालन हुने गरेका मोटर एवं यस्तै सवारीसाधनको मापदण्ड पनि त्यति स्वस्थ नरहेको बताइन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.