अस्वाभाविक चलखेल

अस्वाभाविक चलखेल

नेपालको आन्तरिक राजनीतिमा बाह्य चासो, हस्तक्षेप र चलखेलका आरोपबारे मुलुकमा यता आएर सक्रिय बहसहरू हुन थालेका छन् । त्यस्ता अनावश्यक चासो र हस्तक्षेपकारी शक्ति को–को हुन् ? त्यो एउटा पक्ष हो । तर उनीहरूको हस्तक्षेप भित्र्याउने नेपाली पात्रहरू को–को हुन्, त्यसको लागि उनीहरूलाई जवाफदेही नबनाएसम्म त्यस्ता प्रवृत्ति जारी नै रहनेछ । मुलुकको राजनीति तथा नीति निर्धारणमा दाता र बाह्य शक्तिहरूको भूमिका रहिरहनेछ ।

दाताहरूले जातीय राज्यको स्थापनामा ठूलो धनराशि खर्च गरेको, राष्ट्रसंघअन्तर्गतकै क्षेत्रीय कार्यालयहरूले जातीय तनाव प्रोत्साहित गरेको जस्ता आन्तरिक प्रतिवेदन सरकारलाई प्राप्त हुँदासमेत सरकार त्यस्ता गतिविधिबारे उदासीन देखिन्छ ।

सबै दाता र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई एउटै तुलोमा राखेर तौलन मिल्दैन, तर केही त्यस्ता संस्थाहरूले आतंकवादलाई खुलारूपमा आर्थिक सहयोग प्रदान गर्दै आएका रिपोर्ट विश्वका अन्य भागबाट पनि आधिकारिक रूपमा आइरहेका छन् । उनीहरूका त्यस्ता गतिविधि संसारका जुनसुकै ठाउँमा भए पनि त्यस्ता संस्थाहरू नेपालमा कार्यरत छन् भने तिनका गतिविधिप्रति नेपाल निरपेक्ष या उदासीन रहनु हुँदैन ।

तर, दुर्भाग्य, राजनीतिक दल, न्यायपालिका र अन्तर्राष्ट्रिय दातृ निकायहरूबीचको सहकार्य र सीमाविहीनताले जवाफदेहीताको सिद्धान्तलाई व्यवहारमा समाप्त नै पारेको छ, नेपाल त्यसको एउटा प्रबल र प्रत्यक्ष उदाहरण हो । कूटनीतिज्ञहरूका गतिविधि तथा व्यवहार त आम नागरिकको निगरानीमा नै छन् । कतिपय अवस्थामा जनस्तरमा त्यस्ता व्यवहारप्रति आपत्ति र आलोचना व्यक्त भएका छन् ।

भियना कन्भेन्सनले कूटनीतिज्ञहरूको सुरक्षित र निर्वाद कार्य सम्पादन सुनिश्चित गर्दछ, तर त्यो निसर्त हैन । कूटनीतिज्ञहरू जुन मुलुकमा खटिन्छन्, त्यहाँको आन्तरिक राजनीतिमा संलग्न नहुने र त्यहाँ चलखेल नगर्ने अपेक्षा पनि गरिन्छ । वास्तवमा त्यो उनीहरूको नियुक्तिमा स्वाभाविक रूपमा बुझिने एउटा पूर्वसर्त हो । कुनै मुलुकको राजनीति नै बाहिरी शक्तिबाट सञ्चालित गराउन त्यहाँका ‘राजनीतिक नेतृत्व’ लागिपरेमा के गर्ने ?

पदमुक्त प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले भारतीय राजदूत रणजित रेसँग आइतबारको भेटघाटमा एमाले नेपाल–भारत सम्बन्धमा प्रगाढताको पक्षधर रहे पनि आन्तरिक राजनीतिमा कसैको अस्वाभाविक चलखेल नसहने अभिव्यक्ति दिए उनले ।

एउटा पूर्व प्रधानमन्त्रीले त्यति कठोर अभिव्यक्ति दिनुको पछाडि व्यक्तिगत नभएर पक्कै पनि स्पष्ट कारण होलान् नै । ओलीको यो अभिव्यक्ति एउटा व्यक्ति र दलको नभएर वास्तवमा सबै नेपाली दलहरूको साझा अभिव्यक्ति बन्न सक्नुपर्छ । त्यो मान्यता भारतजस्तै नेपालमा कार्यरत राष्ट्रसंघलगायत सबै कूटनीतिक नियोगहरूले बुझ्न र स्विकार्न आवश्यक छ ।

यससँगै नेपाली पात्रहरूले आफ्ना कमी, कमजोरी र व्यक्तिगत महत्वाकांक्षा बाहिरी शक्तिको भौतिक तथा अन्य सहयोगमा आफ्ना राजनीति सञ्चालन गर्ने परम्परा बन्द गर्नैपर्छ, पारदर्शी समीक्षा र जनतासमक्ष सामूहिक आत्मालोचना गरेर ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.