नाइजेरिया र पोर्चुगल क्वार्टरफाइनलमा

नाइजेरिया र पोर्चुगल क्वार्टरफाइनलमा

रियो दि जेनेरियोः नाइजेरिया र पोर्चुगल रियो ओलम्पिक फुटबलको दोस्रो चरणमा प्रवेश गरेका छन् । नाइजेरिया समूह ‘बी' र पोर्चुगल समूह ‘डी' बाट क्वार्टरफाइनलमा पुग्ने पहिलो टोली बनेका छन् । आइतबार राति भएको खेलमा नाइजेरियाले स्विडेनलाई १-० गोलले हरायो । पोर्चुगलले भने होन्डुरसमाथि २-१ गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्‍यो । नाइजेरियाको जितमा उमर सादिक्युले ४० औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो ।

सोही समूहकै अर्को खेलमा जापान र कोलम्बियाले २-२ गोलको बराबरी खेल्दै अंक बाँडे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । कोलम्बियाले ५९ औं मिनेटमा टिओफिलो गुटिरेजको गोलमा सुरुआती अग्रता लियो । त्यसको सात मिनेटलगत्तै जापानका हिरोकी फुजीहरूको आत्मघाती गोलले कोलम्बिया २-० ले अगाडि बढ्यो ।

जापानले ६८ औं मिनेटमा पहिलो गोल फर्काएको थियो । जापानका लागि पहिलो गोल ताकुमा असनले गरे । ७४ औं मिनेटमा सोया नाकाजिमाले दोस्रो गोल गर्दै टोलीलाई २-० गोलको बराबरीमा पुर्‍याएका थिए । जापान पहिलो खेलमा नाइजेरियासँग ५-४ गोलले पराजित भएको थियो । समूहमा लगातार दुई जित हात पारेको नाइजेरिया अघिल्लो चरणमा पुगेको छ । नाइजेरिया समूहमा ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । दुईवटै खेलमा बराबरी खेलको कोलम्बिया दुई अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । एक एक अंक बनाएका जापान र स्विडेन क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

ब्राजिल समूहको दोस्रो खेलमा इराकसँग गोलरहित बराबरीमा रोकिएको हो । बराबरीपछि दोस्रो चरणमा पुग्नका लागि ब्राजिलले कडा मेहनत गर्नुपर्ने भएको छ । समूहगत चरणको पहिलो खेलमा पनि ब्राजिल दक्षिण अफ्रिकासँग गोलरहित बराबरीमा रोकिएको थियो । समूह ‘ए' मा रहेको ब्राजिलले दुई बराबरीसँगै दुई अंक जोडेको छ । ब्राजिल तालिकाको दोस्रो स्थानमा छ ।

ब्राजिललाई अघिल्लो चरणमा पुग्नका लागि डेनमार्कसँगको खेल जित्नै पर्ने बाध्यता छ । सोही समूहको अर्को खेलमा डेनमार्कले दक्षिण अफ्रिकालाई १-० गोलले हराउँदै अघिल्लो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । डेनमार्कको जितमा रोवर्ट स्कोभले ६९ औं मिनेटमा निर्णायक गोल गरेका थिए । समूहमा एक जित र एक बराबरीको नतिजा निकालेको डेनमार्क चार अंकसहित तालिकाको शीर्ष स्थानमा आसीन छ । दुई बराबरी खेलेको इराक पनि दुई अंकसहित तेस्रो स्थानमा छ । एक अंक बनाएको दक्षिण अफ्रिका तालिकाको अन्तिम स्थानमा छ ।

यसैगरी समूह ‘डी' बाट क्वार्टरफाइनलमा पुगेको पोर्चुगलले लगातार दुई जित हात पार्ने क्रममा होन्डुरसलाई २-१ गोलले हरायो । पोर्चुगलको जितमा टोविस फिग्विरेन्डोले २२ औं र गोन्कालो पासिन्सियाले ३६ औं मिनेटमा गोल गरे । होन्डुरसले खेल सुरु भएको पहिलो मिनेटमै अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । होन्डुरसका लागि अर्बटो इलियसले पहिलो मिनेटमै गोल गरेका थिए ।

सोही समूहको अर्को खेलमा अर्जेन्टिनाले अल्जेरियालाई २-१ गोलले पराजित गर्‍यो । अर्जेन्टिनाको जितमा एन्जल कोरेनाले ४७ औं र जोनाथ कलेरीले ७० औं मिनेटमा गोल गरे । अल्जेरियाका लागि भने सोफाइने बेन्डेबकाले ६४ औं मिनेटमा गोल गरेका थिए । पोर्चुगल ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । एक जित र एक हार खेपेका होन्डुरस र अर्जेन्टिना समान तीनतीन अंक जोड्दै क्रमशः तालिकाको दोस्रो र तेस्रो स्थानमा छन् । अल्जेरियाले खाता खोल्न सकेको छैन ।
यसैगरी समूह ‘ए' मा रहेको ब्राजिलले लगातार दुई बराबरी खेलेको छ । घरेलु मैदानमा आयोजित ओलम्पिक फुटबलको उपाधि चुम्ने अभियानमा रहेको

यसैगरी समूह ‘सी' को अर्को खेलमा दक्षिण कोरियाले जर्मनीलाई ३-३ गोलको बराबरीमा रोकेको छ । बलियो जर्मनीविरुद्ध सशक्त प्रदर्शन गरेको दक्षिण कोरियाका लागि हिचान ह्वाङले २५ औं मिनेटमा खाता खोले । दोस्रो गोल हिउङ मिन सोनले ५७ औं र तेस्रो गोल हिउन जुन सुकले ८६ औं मिनेटमा गरेका थिए । जर्मनीका लागि सर्ज गेनब्रेले ३३ औं मिनेटमा पहिलो गोल गरे । दोस्रो गोल डेभी सेल्कले ५५ औं मिनेटमा गरे । सर्जे गेनब्रेले ९० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई बराबरीमा पुर्‍याएका थिए ।

सोही समूहको अर्को खेलमा भने मेक्सिकोले फिजीलाई ५-१ गोलको फराकिलोअन्तरले पाखा लगायो । समूहमा चार अंक बनाएको दक्षिण कोरिया गोलअन्तरका आधारमा शीर्ष स्थानमा आसीन छ । दोस्रो स्थानमा रहेको मेक्सिकोले पनि चार अंक बनाएको छ । दुई अंक बनाएको जर्मनी तेस्रो स्थानमा छ । फिजीले भने खाता खोल्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.