कमल थापा कड्किए : पशुपतिजीले सत्ताको लोभमा एकता भाँड्नुभो

कमल थापा कड्किए : पशुपतिजीले सत्ताको लोभमा एकता भाँड्नुभो

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले बेइमानी गरेको र उनको सत्ता लोभका कारण अन्तिम क्षणमा एकता भाँडिएको बताएका छन्।

राप्रपा एकता प्रकिया भंग भएपछि मंगलबार आयोजित पत्रकार सम्मेलनमा थापाले भने, राप्रपा एकता भाँडिनुमा पशुपतिजी जिम्मेबार हुनुहुन्छ। उहाँकै कारण एकता संभव भएन। अब एकता अध्याय सकिएको छ।

राप्रपा अध्यक्ष राणाले सोमबार विधानलगायतका प्राविधिक कारण देखाउँदै एकता हुन नसक्ने घोषणा गरेका थिए र दुईजनालाई प्रचण्ड नेतृत्वको सरकारमा पठाएका थिए। राणाको वक्तव्यपछि मंगलबार का लागि तय गरिएको दुई पार्टीबीचको एकता भाँडिएको थियो ।

थापाले भने, 'एकता ठूलो कुरा थियो। विधान बाहना मात्रै बनाइयो। यो मिलाउन सकिने कुरा थियो। तर बाहिर भ्रम छर्न यसो गरियो।'थापाले यसबाट एकता कार्यकर्तामा निराशा पैदा भएको बताए । उनले पशुपति शम्शेर राप्रपा हुँदासम्म एकता सहज हुननसक्ने पनि बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.