ओलम्पिकमा फेलप्सलाई १९ औँ स्वर्ण

 ओलम्पिकमा फेलप्सलाई १९ औँ स्वर्ण

एजेन्सीः अमेरिकी पौडीबाज माइकल फेलप्सले ओलम्पिक खेलकुदमा १९ औं स्वर्ण पदक जितेका छन् । ३१ औं गृष्मकालीन ओलम्पिक खेलकुदको पौडीतर्फ आइतबार राति भएको चार गुना एक सय मिटर फ्रिस्टायल रिले स्पर्धामा स्वर्ण जितेसँगै फेलप्सले आफ्नो नाममा अर्काे ओलम्पिक स्वर्ण थलेका हुन् । ओलम्पिक खेलकुदमा १९ वटा स्वर्ण पदक जित्ने फेलप्स एक्ला खेलाडी हुन् ।

फेलप्सभन्दा पछि रुस (तात्कालीन सोभियत संघ) का जिम्न्यास्टिक खेलाडी लरिसा लात्निना, फिनल्यान्डका एथलेटिक्स खेलाडी पाभो नुरर्मी तथा अमेरिकाका पौडी खेलाडीद्वय मार्क स्पाइज र एथलेटिक्स खलाडी कार्ल लेविसले ओलम्पिकमा नौ—नौवटा स्वर्ण पदक जितेका छन् । फेलप्स ओलम्पिक खेलकुदमा व्यक्तिगत सर्वाधिक पदक जित्ने एक्ला खेलाडी पनि हुन् । उनले आइतबारको स्वर्णसहित ओलम्पिक खेलकुदमा आफ्नो पदकको संख्या २३ पुर्याएका छन्, जसमध्ये १९ स्वर्ण, दुई रजत र दुई कांस्य समावेश छन् ।

ओलम्पिक खेलकुदमा व्यक्तिगत सर्वाधिक पदक जित्ने खेलाडीको सूचीमा फ्लेप्सपछि सोभियत युनियनकी लात्निना छन् । उनले नौ स्वर्ण, पाँच रजत र चार कांस्य गरी कुल १८ वटा पदक जितेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगिताबाट झन्डै दुई वर्ष टाढा रहेका फेलप्सलाई रियो ओलम्पिकको स्वर्णले थप उत्साही बनाएको छ ।

सन् २०१२ मा अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्न्यास लिएका ३१ वर्षीय फेलप्स सन् २०१४ मा पुनः सक्रिय खेल जीवनमा फर्किएका थिए । त्यसयता रियो ओलम्पिकका लागि छनोट चरण पार गर्दै उनी ओलम्पिक खेलकुदका लागि धेरैपटक छनोट हुने पहिलो अमेरिकी पुरुष खेलाडीसमेत बनेका थिए ।

यो फेलप्सको पाँचौं ओलम्पिक सहभागिता हो । चार गुणा एक सय मिटर स्पर्धामा अमेरिकालाई स्वर्ण दिलाउन फेलप्सले महत्वपूर्ण भूमिका निर्वाह गरे । रिलेको दोस्रो चरणमा फेलप्सले आफ्ना साथी कइलेव ड्रेसेललाई साथ दिएका थिए । फ्लेप्सले पौडनुअघि ड्रेसेल फ्रान्सेली खेलाडीस“ग पछि परेका थिए । तर फ्लेप्सले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टोलीलाई स्वर्ण दिलाउन मद्दत पुर्‍याए ।

अमेरिकी टोलीमा फेलप्स र ड्रेसेलसँगै रायन हेल्ड र नाथन एड्रिन पनि थिए । उक्त स्पर्धामा फ्रान्स दोस्रो र अस्टे«लिया तेस्रो भए । अमेरिकाले स्वर्णसहित फ्रान्सेली टोलीसँग बदला पनि लिएको छ । सन् २०१२ मा भएको लन्डन ओलम्पिकमा अमेरिकी टोलीलाई पछि पार्दै फ्रान्सेली टोलीले स्वर्ण पदक जितेको थियो । फ्लेप्स सन् २००४ देखि अमेरिकी रिले टोलीका सदस्य छन् ।

लेडिक्की, पिटी र सोस्ट्रोमको कीर्तिमान
पौडीका तीनवटा स्पर्धामा विश्व कीर्तिमान कायम भएका छन् । अमेरिकी पौडीबाज क्याटी लेडिक्कीले महिलातर्फको चार सय मिटर फ्रिस्टायलमा स्वर्णसहित विश्व कीर्तिमान कायम गरेकी हुन् । १९ वर्षीया लेडिक्कीले आफ्नै नाममा रहेको पुरानो कीर्तिमानमा सुधार गरेकी हुन् । उनले तीन मिनेट ५६.४६ सेकेन्डमा निर्धारित दूरी पूरा गरेकी थिइन् । उक्त स्पर्धामा चार मिनेट ०१.२३ सेकेन्डसहित बेलायतकी जाज कार्लिनले रजत र चार मिनेट ०१.९२ सेकेन्डसहित अमेरिकन लिह स्मिथले कांस्य पदक जिते ।

लेडिक्कीले रियो ओलम्पिकको दुई सय र आठ सय मिटर फ्रिस्टायल स्पर्धामा पनि प्रतिस्पर्धा गर्दैछिन् । यी दुवै स्पर्धामा उनी विश्व च्याम्पियन हुन् । महिलातर्फको चार सय, आठ सय र एक हजार पाँच सय मिटर स्पर्धाको विश्व कीर्तिमान पनि लेडिक्कीकै नाममा रहेको छ । एक हजार पाँच सय मिटर स्पर्धालाई भने रियो ओलम्पिकमा सहभागी गराइएको छैन ।

बेलायती पौडीबाज एडम पिटीले पुरुषतर्फको एक सय मिटर ब्रेस्टस्ट्रोक स्पर्धामा विश्व कीर्तिमानसहित स्वर्ण पदक जिते । उक्त स्पर्धामा उनले ५७.१३ सेकेन्डकाको नयाँ कीर्तिमान पनि बनाए । पिटीले हिट चरणमा गरेको ५७.५५ सेकेन्डको समयमा सुधार ल्याउँदै नयाँ कीर्तिमान बनाएका हुन् । उनले स्वर्ण पदक जित्दा साबिक विजेता दक्षिण अफ्रिकी खेलाडी भान डर बर्घ भने दोस्रो स्थानमा रहे ।

यसैगरी स्विडेनकी साराह सोस्ट्रोमले एक सय मिटर बटरफ्लाई स्पर्धामा नयाँ कीर्तिमान कायम गरिन् । सोस्ट्रोमले ५५.४८ सेकेन्डको नयाँ कीर्तिमान बनाएकी हुन् । उनले गत वर्ष भएको विश्व च्याम्पियनसिपमा आफूले गरेको ५५.६४ सेकेन्डको समयमा सुधार ल्याउँदै नयाँ कीर्तिमान कायम गरेकी हुन् । चार वर्षअघि लन्डनमा आयोजना भएको ओलम्पिक खेलकुदको यही स्पर्धामा चौथो बनेकी सोस्ट्रोम यस पटक भने विश्व कीर्तिमानसहित स्वर्ण जित्न सफल बनेकी हुन् । ओलम्पिक खेलकुदमा उनको यो पहिलो स्वर्ण पदक हो ।

भारोत्तोलनमा पनि विश्व कीर्तिमान
भारोत्तोलनमा पनि आइतबार राति नै विश्व कीर्तिमान कायम भएको छ । चीनका लङ क्विनक्वानले पुरुषतर्फको ५३ केजी तौलसमूहमा तीन सय सात केजी भार वहन गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । क्विनक्वान आठ वर्षको अन्तरमा दोस्रो पटक ओलम्पिकमा स्वर्ण जित्ने पहिलो खेलाडी बनेका छन्।

उनले सन् २००८ मा आफ्नै देशले आयोजना गरेको ओलम्पिक खेलकुदमा पनि स्वर्ण जितेका थिए । त्यसपछिको लन्डन ओलम्पिकमा भने उनी स्वर्ण पदक जित्नबाट चुकेका थिए । लन्डन ओलम्पिकमा उत्तर कोरियाका ओम युन चोलले उक्त स्पर्धाको स्वर्ण पदक जितेका थिए । यस पटक फेरि क्विनक्वानले ओमलाई नै पछि पार्दै विश्व कीर्तिमानसहित स्वर्ण जित्न सफल भएका हुन् । पदक जितेपछि उनले आफ्नो रियो यात्रा सफल भएको प्रतिक्रिया दिए ।

कोरियाली टोलीलाई आठौं पटक स्वर्ण


ओलम्पिक खेलकुदमा दक्षिण कोरियाली आर्चरी टोलीले लगातार आठवटा ओलम्पिक खेलकुदमा स्वर्ण पदक जितेर नयाँ कीर्तिमान कायम गरेको छ । आइतबार भएको प्रतिस्पर्धामा फ्रान्सलाई ५–१ ले पछि पार्दै दक्षिण कोरियाले रियो ओलम्पिकको आर्चरीको टिम स्पर्धाको उपाधि आफ्नो पक्षमा पारेको हो । कोरियाली टोलीले सन् १९८८ मा आफ्नै देशमा आयोजित ओलम्पिक खेलकुदमा पहिलो पटक आर्चरीलाई समावेश गरेयता टिम स्पर्धामा लगातार स्वर्ण पदक जित्दै आएको छ ।

चीनकी ऊलाई डाइभिङमा पाँचौं स्वर्ण
चीनकी ऊ मिन्छियाले डाइभिङ स्पर्धामा लगातार पाँचवटा ओलम्पिकमा स्वर्ण पदक जित्दै नयाँ कीर्तिमान कायम गरेकी छिन् । आफ्नी साथी सी तिङ्माओसँग मिलेर कुल ३४५.६० अंक बटुलेकी चिनियाँ खेलाडी ऊले डाइभिङको महिला तीन मिटर सिन्क्रोनाइज्डतर्फ स्वर्ण पदक जितेकी हुन् ।

ऊले ओलम्पिक खेलकुदको तीन मिटर सिन्क्रोनाइज्ड स्पर्धामा स्वर्ण जितेको यो लगातार तेस्रो पटक हो । उनले यसअघि सन् २००४, सन् २००८ र सन् २०१२ को ओलम्पिकमा पनि फरकफरक साथीसँग मिलेर यही स्पर्धामा स्वर्ण जितेकी थिइन् । लन्डन ओलम्पिकमा तीन मिटर व्यक्तिगत स्पर्धामा समेत स्वर्ण पदक जितेकी ऊ ओलम्पिक खेलकुदमा सर्वाधिक पाँच स्वर्ण जित्ने पहिलो डाइभर बनेकी छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.