माओवादीका मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री प्रचण्डलाई

माओवादीका मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौँः नेकपा (माओवादी केन्द्र)ले आफनो पार्टीका पाँच मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको केन्द्रीय कार्यालयको बैठकले मन्त्री छान्ने जिम्मा दाहाललाई दिएको हो ।

केन्द्रीय कार्यालयको सोमबार बसेको बैठकमा मन्त्रिहरुका बारेमा छलफल भएपनि निर्णय पनि हुन सकेन । स्रोतका अनुसार प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसले मन्त्रिपरिषद विस्तार गर्न केहि दिन पर्खिदिन आग्रह गरेपछि मंगलबार नै माओवादी मन्त्रीहरु नछानिएका हुन ।

माओवादी शीर्ष नेताको सोमबारको बैठकले उर्जा मन्त्री जनार्दन शर्मा, सूचना तथा सञ्चार र प्रविधि मन्त्री राम कार्की, स्थानीय विकास तथा संघीय मामिला मन्त्री हितराज पाण्डे, कानुन मन्त्री प्रभु साह र शिक्षा मन्त्री डिआर पौडेल बनाउने निर्णय गरेको थियो ।

जनजाति र महिला प्रतिनिधित्व हुन नसेको बिषयमा पार्टी भित्रै असन्तुष्टी बढेपछि त्यसलाई मिलाउन मंगलबार केन्द्रीय कार्यालयको बैठक बोलाइएको थियो । स्रोतका अनुसार महिला र जनजातिको प्रतिनिधित्व गराउँदै राधिका तामाङलाई राज्यमन्त्री बनाएर लैजाने बारेमा नेताहरुबीच छलफल भएको छ ।

यसैबीच,  बैठकले भदौ २ गतेका लागि बोलाइएको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक भदौ दोस्रो साता गर्ने निर्णय गरिएको प्रधानमन्त्री दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.