'नेपालको सार्वभाैमसत्ताविरुद्ध भारतीयको हस्तक्षेप'

'नेपालको सार्वभाैमसत्ताविरुद्ध भारतीयको हस्तक्षेप'

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले राष्ट्रिय स्वाधीनता र सार्वभौसत्ताविरुद्ध भारतीय उक्साहटलाई अवज्ञा गर्दै केपी ओली नेतृत्वको सरकारमा माओवादी सहभागी भए पनि यता आएर बाह्य शक्तिकै दबाबमा नयाँ राजनीतिक समीकरण र सरकारको नेतृत्व गरेको आरोप लगाएका छन् ।

राप्रपा नेपाल र राप्रपाको एकता औपचारिक रूपमा हुनुपूर्व बिथोलिएपछि पत्रकारसँग कुरा गर्दै थापाले संविधान जारी हुनुपूर्व भारतीय विदेशसचिव एस जयशंकरको धम्कीलाई अवज्ञा गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उनका तत्कालीन सहयोगी बाबुराम भट्टराईले ओलीसँग सत्ता गठबन्धन गरेको नौ महिनापछि तीनै शक्तिसमक्ष उनीहरू नतमस्तक बनेको बताए ।

‘लाजिम्पाट निवासमा एस जयशंकरले उपरखुट्टी लगाएर हामीले मध्यस्थता नगरिदिएको भए तिमीहरू कहाँ हुन्थ्यौ भन्नेसम्मको धम्कीयुक्त दबाब दिए पनि उनीहरूले राष्ट्रिय स्वाधीनताको अडान लिँदै ओलीलाई साथमात्र दिएनन्, केही डग्मगाएका कांग्रेस अध्यक्ष सुशील कोइरालालाई लतारेर संविधान जारी गर्नमा ठूलो भूमिका खेले,' थापाले भने ।

दुई राप्रपाबीचको प्रस्तावित एकतालाई समेत सीमापारिका शक्तिले नै बिथोलेको आरोप उनले लगाए । २००७ सालपछि भारतीय प्रशासनिक संयन्त्रको उच्च तहमा हुने उपस्थितिलाई समाप्त गर्दै राजा महेन्द्र, बीपी कोइराला र टंकप्रसाद आचार्यजस्ता व्यक्तित्वले स्थापित गरेको नेपाली सार्वभौमसत्तालाई १२ बुँदेले कमजोर पारेको अभिव्यक्ति पनि उनले दिए ।

१२ बुँदेमार्फत र २०६३ को आन्दोलनमा भारतको प्रत्यक्ष संलग्नतापछि सात सालपछिका उपलब्धिहरू बिस्तारै कमजोर भएको तर ओली सरकारले पुनः सार्वभौमसत्ता सुदृढ बनाएको उनले बताए ।

राप्रपा नेपाल र राप्रपाबीच मंगलबार एकता गर्ने भनिए पनि राप्रपाले सरकारमा मन्त्री पठाएपछि भाँडिएको थापाको भनाइ थियो । उनले राप्रपासँगको एकीकरण अध्याय समाप्त भएको घोषणा गरे । उनले बलियो प्रजातान्त्रिक राष्ट्रवादी शक्ति निर्माण गर्ने आफ्नो अभियान नरोकिने पनि बताए ।

पार्टीको अन्तरिम विधानमा छलफल गर्न भन्दै राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले विज्ञप्ति निकालेर एकता स्थगित भएको घोषणा गरेकोमा आफू स्तब्ध भएको थापाले बताए । ‘पार्टीको एकतालाई सत्ता स्वार्थसँग साटियो, अन्तरिम विधानमा राप्रपाका नेतालाई आपत्ति भएमा सोही पार्टीको विधानमा हस्ताक्षर गर्न तयार थिएँ', थापाले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.