‘राजनीतिबाट आधा अपराध संरक्षित

‘राजनीतिबाट आधा अपराध संरक्षित

भक्तपुरः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिले आधा अपराधलाई संरक्षण दिएको दाबी गरेका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वपः उच्च माध्यमिक विद्यालयले महानगरीय प्रहरी परिसर भक्तपुरसँगको सहकार्यमा मंगलबार गरेको ‘विद्यार्थीसँग प्रहरी' विषयक कार्यक्रममा अध्यक्ष बिजुक्छेले भने, ‘देशको आधा अपराधलाई राजनीतिले संरक्षण दिँदै आएको छ ।'

उनले प्रहरीले इमानदारी र जिम्मेवारीपूर्वक काम गर्ने तथा सरकारले प्रहरीको अनुसन्धान कार्यान्वयन गर्ने हो भने धेरै मन्त्री, पूर्वमन्त्रीहरू जेलमा पर्ने दाबी गरे ।मन्त्री, पूर्वमन्त्री तथा राजनीतिक दलका नेताहरूले अपराधी जोगाउँदै आएकोतर्फ संकेत गर्दै उनले भने, ‘नेपाल प्रहरीले इमानदारी र जिम्मेदारीपूर्वक काम गर्ने तथा सरकारले प्रहरी अनुसन्धान कार्यान्वयन गरे धेरै मन्त्री र पूर्वमन्त्री जेल पर्छन् ।'

सांसद प्रेम सुवालले प्रहरी सेवामा प्रवेश गर्न चाहनेमा पैसा कमाउने उद्देश्य हुने भएकाले यस्ताबाट नेपाल प्रहरीको उद्देश्य पूरा नहुने बताए । ‘प्रहरी निरीक्षक भई कार्य क्षेत्रमा खटिनेसँग अब तपार्इंले के गर्नुहुन्छ भनी सोध्दा उनीहरूले प्रहरीमा धेरै समय जागिर खानु हुँदैन ।

त्यसैले जहाँ बढी मुद्दामामिला हुन्छ त्यहाँ गएर दुवै पक्षलाई मिलाएर पैसा कमाउँछु भने', सुवालले भने, ‘यस्ता प्रहरी अधिकृतबाट नेपाल प्रहरीको उद्देश्य पूरा हुँदैन । जनतामा पनि प्रहरीले पैसा नखाई काम गर्दैन र कुनै घटना भयो भने ढिला आइपुग्छ भन्ने भावना व्याप्त छ ।'

महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक प्रतापसिंह थापाले घटना भएको जानकारी आएको पाँच मिनेटभित्रै प्रहरी घटनास्थल पुग्ने गरी व्यवस्था गरिएको जानकारी दिए ।

कार्यक्रममा सहभागी ख्वपः उच्च माविका विद्यार्थीहरूले प्रहरीबाटै समाजमा धेरै अपराध भइरहेको अवस्थामा सच्चा प्रहरी कसरी चिन्ने भन्ने प्रश्न गरेका थिए ।
विद्यार्थीहरूको प्रश्नको जबाफ दिँदै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले प्रहरीभित्र पनि आपराधिक प्रवृत्तिका व्यक्ति हुनसक्ने र त्यस्ता प्रहरीबारे समयमै जानकारी दिन आग्रह गरे ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख प्रहरी उपरीक्षक किरण बज्राचार्य, ख्वपः उच्च माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, सहायक प्राचार्य डा. राजेशकुमार श्रेष्ठलगायतले विद्यार्थीहरूलाई सामाजिक उत्तरदायी तथा अपराध र सुरक्षाबारे सचेत गराउन यस्ता कार्यक्रम अत्यावश्यक भएको धारणा राखे ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.