साउदी अरबमा अलपत्र परेका कामदारलाई फर्काउन संसदीय समितिको निर्देशन

साउदी अरबमा अलपत्र परेका कामदारलाई फर्काउन संसदीय समितिको निर्देशन

काठमाडौँ : व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले साउदी अरबमा देखापरेको आर्थिक मन्दिले रोजगारी गुमाएर अलपत्र परेका नेपाली कामदारलाई स्वदेश फिर्ताको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले रोजगारी गुमाएर अलपत्र परेको त्यस्ता कामदारलाई समन्वय गरेर फिर्ता ल्याउन परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले साउदीलगायतका खाडीमुलुकमा विभिन्न घटनामा आरोपित भई न्यूनतम धरौटी समेत बुझाउन नसकेर जेलमा बस्न बाध्य नेपालीलाई धरौटीको व्यवस्था गरेर मुक्त गर्ने आवश्यक मापदण्ड बनाउन पनि रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकले भए गरेको काम तथा गत आवको योजना तथा कार्यक्रममा विनियोजित रकमको के कति सदुपयोग भयो वा भएन भन्ने सन्दर्भमा छानबिन गर्न पाँच सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।

उक्त समितिले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले निर्धारण गरेको लक्ष्य हासिल गर्न हालको संरचनागत, योजना र नीतिको आवश्यक सुधारको विषयमा पनि सुझाव दिने छ ।

यसअघि बैठकमा कतिपय सांसदले ‘ब्लड मनि’ उपलब्ध गराउन नसक्दा कयौँ नेपाली नागरिक अनाहकमा विदेशी मुलुकका जेलमा बस्न बाध्य हुँदासमेत मन्त्रालय र बोर्डले आवश्यक प्रभावकारी प्रयास नगरेको भनी आक्रोश व्यक्त गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.