‘दलालीले ‘कालो कोट बदनाम‘

‘दलालीले ‘कालो कोट बदनाम‘

काठमाडौंः प्रधानन्यायाधीश सुशीला कार्कीले कानुन व्यवसायीहरूले पेसागत मर्यादा र निष्ठा छोडेर सम्पत्तिका लागि मरिहत्ते गर्ने प्रवृत्ति मौलाएका कारण कानुन व्यवसायी पेसा नै बदनाम हुन पुगेको बताएकी छन् ।

कार्कीले कतिपय कानुन व्यवसायीहरू मुद्दा लडेका सेवाग्राहीलाई खरानी बनाएर सबै सम्पत्ति लिन उद्यत रहेको भनाइसमेत राखिन् । नेपाल कानुन व्यवसायी परिषद्को वार्षिकोत्सवमा बिहीबार कार्कीले कानुन व्यवसायीप्रति यस्तो असन्तुष्टि राखेकी हुन् ।

कार्यक्रममा सर्वोच्चका वरिष्ठ न्यायाधीश गोपाल पराजुली, महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ, बार अध्यक्ष शेरबहादुर केसी, वरिष्ठ अधिवक्ता, कानुनका प्राध्यापक, कर्मचारी एवं अन्य लब्धप्रतिष्ठित कानुन व्यवसायीसमेत सहभागी थिए । ‘कानुन व्यवसायी भएर यस्तो कार्य गर्नु निष्ठामाथिको विचलन हो', उनले भनिन् । मुद्दा लडेको व्यक्तिलाई सक्षम बनाउनुको साटो सबै सम्पत्ति हडप्ने प्रवृत्तिले कानुन व्यवसायीलाई शोषक र सामन्तजस्तो बनाउने उनले बताइन् ।

कतिपय कानुन व्यवसायीले कालो कोटको आवरणमा जग्गा दलालसँग मिलोमतो गर्दै गैर काननी रुपमा पैसा आर्जन गरेका छन् । 

कतिपय कानुन व्यवसायीले कालो कोटको आवरणमा जग्गा दलालसँग मिलोमतो गर्दै गैरकानुनी रूपमा पैसा आर्जन गरेको तिक्ततासमेत उनले पोखिन् । त्यस्ता व्यवसायीलाई आफूले सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन निर्देशन नै दिनुपरेको भनाइ कार्कीको थियो ।

‘पेसागत मर्यादाविपरीत सम्पत्तिका लागि जस्तोसुकै काम गर्न तयार हुने प्रवृत्ति मौलाएको छ', पेसालाई मर्यादित बनाउन सुझाव दिँदै कार्कीले असन्तुष्टि व्यक्त गरिन् । उनले नेपाल बार एसोसिएसनसँग पनि असन्तुष्टि जनाइन् । ‘बारले अदालतलाई बलियो बनाउनतिर ध्यान दिनुभन्दा राजनीति गरेको छ', उनले भनिन् । बारले सर्वोच्च अदालतमा नवनियुक्त ११ जना न्यायाधीशका विषयमा राजनीति गरेकोतर्फ कार्कीको भनाइ लक्षित थियो ।

कार्कीले  एक प्रसंगमा समावेशी सिद्धान्तअनुसार आफूले जिल्ला र पुनरावेदन अदालतका न्यायाधीश नियुक्तिमा जोड दिने बताइन् ।

कानुन व्यवसायी परिषद्का अध्यक्ष रहेका महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले पनि बारले राजनीति गरेको स्वीकार गरे । ‘पेसा व्यवसायीको हकहितभन्दा बारले राजनीति बढी नै गरेको कुरा यथार्थ हो । यसले न्यायालय र कानुन व्यवसायीबीच मनमुटाव पनि ल्याएको छ', श्रेष्ठले भने, ‘यता २०५६ सालदेखि बारसँग भएका सम्झौता सर्वोच्चबाट पनि कार्यान्वयन भएको छैन ।

कतिसम्म भने बार बेन्च समन्वय समितिको बैठकसमेत बस्न सकेन ।' श्रेष्ठले बारसँग छलफलै नगरी वास्ता नगरेको भन्न नमिल्ने पनि बताए । उनले कानुन व्यवसायीको मर्यादा बढाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रधानन्यायाधीश कार्कीबाट ‘प्रमाण कानुन' का सर्जक गोपालप्रसाद दहाल र कानुन व्यवसायी परीक्षामा उत्कृष्ट १६ परीक्षार्थीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.