मैले जे गर्‍यो त्यही स्टायल, जे लगायो त्यही फेसन

 मैले जे गर्‍यो त्यही स्टायल, जे लगायो त्यही फेसन

चलचित्र ‘जुनी'का लागि कलाकार मागेको गोरखापत्र र राइजिङ नेपालमा पढेपछि म पनि अडिसनको लागि त्यहाँ गएँ ।

अहिले बरु कुनै पनि चलचित्रमा नायकनायिका हुनु सजिलो छ । तर त्यतिबेला ठूलै तपस्या गरे जस्तै हुन्थ्यो । निकै गाह्रो थियो । अनि यसरी कलाकार बनिसकेपछि इज्जत पनि धेरै पाइन्थ्यो । मानिसले भगवान्लाई जस्तै मान्थे । त्यो चलचित्रका लागि तीन दिन लगाएर अडिसन लिइएको थियो । मेरो पालो अन्तिम दिन परेको थियो ।

चलचित्रको अडिसन लिने बेलामा त्यसकी निर्मात्री मञ्जु राणा, नायिका मीनाक्षी आनन्द र बम्बईबाट आएका निर्देशकलगायतका प्राविधिक टोली पनि सँगै थिए । मलाई उनीहरूले एउटा डायलग बोल्न दिएका थिए । त्यसपछि मलाई एउटा गीत बजाएर त्यसमा नृत्य गर्न लगाइएको थियो । त्यो पनि मैले राम्रै गरेँ । केही दिन पछि म छानिएँ भनेर घरमा फोन आयो ।

कन्ट्रयाक्ट पेपरमा साइन गर्नका लागि शीतल निवासपछाडि रहेको मञ्जु राणाको घरमै गएको थिएँ । चलचित्रमा काम गर्न सुरु गरेको पहिलो दिन एउटा गीतको सुटिङ भएको थियो । अभिनयमा लाग्नुभन्दा पहिले मैले रेडियो नेपालमा र स्टेजमा थुप्रै गीत गाइसकेको थिएँ । त्यसैले मलाई ‘तिम्रो सासले बदन छुने' बोलको त्यो गीतमा नृत्य र अभिनय गर्न केही गाह्रो भएन ।

त्यतिबेला नायिका मीनाक्षी आनन्दले अमिताभ बच्चनसँग ‘मुकन्दरका सिकन्दर' नामक चलचित्रमा अभिनय गरिसक्नुभएको थियो । उहाँले भनेपछि मैले पनि त्यो चलचित्र हेरेँ ।

अभिनय गर्दा सुरुका एक दुई दिन त अलि अप्ठेरै भयो । दुई तीन टेक त लिनु नै पथ्र्यो । विस्तारै सुधार हुँदै गयो । तर चलचित्र छायांकनको क्रममा मैले निर्देशक, निर्मातालगायतका कसैका पनि गाली आजसम्म खानुपरेको छैन । मलाई गाली गर्न नै उनीहरू डराउँथे । बरु उल्टै मेरा गाली चाहिँ अरूले खुब खाएका छन् ।

चलचित्रको ९० प्रतिशत छायांकन नेपालमै गरेको भए तापनि एउटा गीत र केही अंश भने बम्बईमा गरिएको थियो । म त्योभन्दा पहिले पनि बम्बई गइसकेको भए पनि चलचित्रको लागि त्यो पहिलो पटक थियो । त्यतिबेला भारतीय कलाकारसँग खासै भेट भएन ।

मेरो दोस्रो चलचित्र ‘सम्झना'को छायांकन बम्बई, दार्जिलिङ र कालिङपोङमा भएको थियो । त्यतिबेला मैले कुमार गौरव, सञ्जय दत्तलगायतका कलाकारलाई भेटेको थिएँ । तर मैले उनीहरूलाई टेर्ने थिइन । उनीहरूभन्दा ठूलो स्टार त म नै हो भन्ने लाग्थ्यो ।

मलाई कुनै पनि निर्देशकले यसो गर, यो लगा, ऊ लगा भनेर भनेनन् । मैले जे गर्यो‍ त्यही स्टायलमा हुन्थ्यो भने मैले जे लगायो त्यही फेसनमा । सबैले भुवन केसी स्टायल भनेर खुब मन पराउने गर्थे । मैले टप बुट लगाउँदा सबैले त्यस्तै लगाउँथे । 

मलाई कुनै पनि निर्देशकले यसो गर, यो लगा, ऊ लगा भनेर भनेनन् । मैले जे गर्‍यो त्यही स्टायल हुन्थ्यो भने मैले जे लगायो त्यही फेसन । सबैले भुवन केसी स्टायल भनेर खुब मन पराउने गर्थे । मैले टप बुट लगाएर सबैले त्यस्तै लगाउँथे । चलचित्रमा पनि मैले आफ्नै हिसाबले लुगा लगाएर जान्थेँ । पछि निर्देशकले वाह भन्थे ।

अहिलेसम्म नेपाली चलचित्रमा मेरै चलचित्र ‘कुसुमे रुमाल' पहिलो पटक सिल्भर जुब्ली हिट भयो । यसको सफलतापछि नै नेपाली सिनेमा बन्न थाले । स्टारडम भन्ने नै यही चलचित्रबाट सुरु भयो । सुटिङमा प्रशंसकहरूको भीड लागेर सुटिङ गर्नै गाह्रो हुन्थ्यो । त्यसैले पुलिसलाई बोलाएर भीड हटाएपछि बल्ल सुटिङ गर्न पाइन्थ्यो ।

अटोग्राफका लागि हात हातमा कपी बोकेर आउँथे । एक पटकमात्रै भेट्न पाए पनि कस्तो हुन्थ्यो भन्थे उनीहरू । चिठीहरू त कति आउँथे कति । त्यसमा पनि रगतले चिठी लेख्ने फ्यान पनि धेरै थिए । त्यतिबेला एउटा चलचित्रमा अभिनय गरेपछि अर्को नपाउने कलाकार कैयौं थिए ।

कलाकार हुन तपस्या गर्नुपथ्र्यो । त्यसमा पनि सफल हुन त धेरै गाह्रो थियो । तर मेहनत गरेअनुसारमा काममा सन्तुष्टि पनि धेरै हुन्थ्यो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.