गरिमामा गुड फ्राइडे

गरिमामा गुड फ्राइडे

आज शुक्रबार । काठमाडौंको कपन क्षेत्रमा हुनुहुन्छ र ‘गुड फ्राइडे' मनाउने सोचमा हुनुहुन्छ भने ‘गरिमा फुडल्यान्ड' तपाईंका लागि उत्तम रोजाइ हुनसक्छ । सुकेधाराबाट नीलो पुल तरेपछि रुद्रमती चोकको बायाँपट्टि किनारमै छ गरिमा फुडल्यान्ड । एकैपटक करिब तीन दर्जन गाडी र त्यति नै मोटरसाइकल पार्किङ गर्नसक्ने क्षमता गरिमाको विशेषता हो ।

खुला स्पेस, ब्याटमिन्टन कोर्टसहित स्वादिलो खानाको स्वाद लिन पाउनु गरिमाको विशेषता हो । करिब १५ जना नियमित ब्याटमिन्टन सदस्य रहेको गरिमा फुडल्यान्डका सञ्चालक भरत शाह बताउँछन् । ५० जना पाहुनाले एकैपटक रेस्टुराँमा बसेर सेवा लिनसक्नु क्याफेको विशेषता हो ।

एकाबिहानै ब्याटमिन्टन खेल्ने आगन्तुकले क्याफेको रौनक बढाउने गरेको छ । गरिमा फुडल्यान्डमा रेस्टुराँसँगै पार्टी प्यालेसको छुट्टै व्यवस्था गरिएको छ ।

सुन्दर, सफा, शान्त र एकान्त रुममा बसेर हाइजेनिक खानाको स्वाद लिँदा अर्कै आनन्द अनुभूति हुने आगन्तुकहरू बताउँछन् । इन्डियन, चाइनिज कन्टिनेन्टलसँगै ठेट नेपाली खानामा सुदूरपश्चिमको डुब्का र फाँडो भातको स्वाद आफूहरूले पस्कने गरेको सञ्चालक शाहले बताए ।

नेपालीमा पनि टिपिकल सुदूरपश्चिमेली स्वाद विशेष रुचाइने र राजधानीको जिब्रोका लागि नयाँ अनुभव हुने गरेको शाहले बताए ।

उसो त एक निमेश बसेर क्याफेको आनन्द लिनेका लागि स्पेसल झोल मम, झानेको मम र फिस मम खास यहाँका परिकार हुन् । त्यस्तै सेकुवा कर्नरको सुविधामा आगोले पोलेको सेकुवा किलोका दरले पस्कनु यहाँको अर्को मौलिकता हो । मटन तास, मटन टाउको, मटन भुटनको स्वाद लिनेको समेत उत्तिकै भीड हुने गरेको छ ।

 

मलेखुको फिस फ्राई पनि आफूहरूकोमा निकै रुचाइएको परिकारमा पर्ने गरेको सञ्चालक शाहले बताए । यो क्षेत्रमा पारिवारिक रेस्टुराँ नभएकाले रिङरोडका रेस्टुराँमा पुग्ने पाहुनालाई स्थानीय तहमै सेवा दिन गरिमा स्थापना गरिएको सञ्चालक शाहले बताए ।

सानातिना जमघट, राजनीतिक भेटघाट, बर्थ डे पार्टी, सेमिनार, विवाह पार्टी आदिको अभावलाई गरिमा पार्टी प्यालेसले परिपूर्ति गरिरहेको छ ।

नेपाली खानामा, दाल, भात, टिमुरको अचार, दही, मोही, विभिन्न तरकारीका परिकार गरिमाले पस्किने गरिएको छ । इन्डियन विशेषमा रोटी, नानका परिकार, कबाब, बिर्यानी, सिजलर, चप्सीसमेतको स्वाद गरिमा फुडल्यान्डमा बसेर लिन सकिन्छ ।

कपन क्षेत्रमा राजनीतिक भेटघाट, बिहानपखको खेलकुदसँगै जमघटका लागि एउटा जक्सनजस्तै भएको म्यानेजमेन्ट हेरिरहेकी गरिमा शाहले बताइन् । आफूहरूले रेस्टुरेन्टमा सरसफाइ, शान्त वातावरण, शुद्ध खाना र आगन्तुकको गोपनीयतालाई विशेष ध्यान दिएको गरिमाले बताइन् ।

आफूहरूले नियमित पाहुनालाई विशेष छुट कार्डसमेत दिने गरेको गरिमाले जानकारी दिइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.