अन्नपूर्णको साप्ताहिक पुरस्कारले ग्राहक दंग

अन्नपूर्णको साप्ताहिक पुरस्कारले ग्राहक दंग

काठमाडौँः अन्नपूर्ण पोष्ट ओएमजी वार्षिक ग्राहकले प्रत्येक हप्ता ग्राहकलाई खुशी दिदै आएको छ । 'जहाँ छ सपना, त्यहाँ हुन्छ अन्नपूर्ण पोष्ट' नारासहितकाे बार्षिक योजना अन्तर्गत २८ औँ साताका विजेता चितवनका किरण पौडेललाई शुक्रबार पुरस्कार प्रदान गरिएको छ ।

अन्नपूर्ण पोस्ट चितवन शाखाका सेल्स एन्ड मार्केटिङ इन्र्चाज युधिरराज घिमिरेले विजयी ग्राहकलाई पुरस्कार प्रदान गरे । अन्नपूर्णले बार्षिक ग्राहकलाई साप्ताहिक लक्की ड्र मार्फत् उपहार दिदै आएको छ ।

लक्की ड्रमा विजयी पौडेलले होम एप्लाइन्सेस गिफ्ट ह्याम्परका रुपमा भ्याकुम किलिनर, राइसकुकर, पंखा, इन्डक्सन चुलोलगायतका घरायसी सामान पाएका छन्। 

‘पुरस्कार परेको सुन्दा म त छक्क परे । सपना हो कि बिपना हो जस्तो भो,’ विजेता पौडेलले सुनाए, ‘अहिलेसम्म मलाई कुनै पुरस्कार परेको थिएन् ।’
त्यसैगरी, अन्नपूर्णको ‘नपर्ने त कुरै छैन’ वार्षिक ग्राहक योजना अन्तर्गत २९ औं साताका विजेता बारा सिमराका मदन विश्वकर्मा घोषित भएका छन् । लक्की ड्र मार्फत् विश्वकर्मा विजेता घोषित भएका हुन् । 

३ हजार ४ सय रुपैयाँ तिरेर अन्नपूर्णको बार्षिक ग्राहक बन्ने पाठकले विभिन्न उपहार पाउने गरेका छन् ।

बार्षिक ग्राहक बन्ने मध्येबाट एक जनाले लक्की ड्र मार्फत् साप्ताहिक रुपमा होम एप्लाइन्सेस गिफ्ट ह्याम्पर, मासिक रुपमा बजाजको प्लाटिना मोटरसाइकल र बार्षिक लक्की ड्रबाट एकजना भाग्यशाली विजेताले चितवन भरतपुरस्थित यज्ञपुरी कोलोनीमा बनेको अढाई तले बंगाला वा नगद १ करोड २५ लाख रुपैया“ उपहार पाउनेछन् । बंगाला पूर्ण सजावटयुक्त छ ।

अन्नपूर्ण पोस्टका नया“ मात्र नभई पुराना ग्राहकलेसमेत बार्षिक ग्राहक नविकरण गरेर यो अभियानमा सहभागीता जनाउँन पाउनेछन्। अर्धबार्षिक र त्रैमासिक रुपमा पत्रिकाको ग्राहक बन्ने पाठकले कुनै उपहार पाउँदैनन् । हाल देशभर ग्राहक योजना संचालन भइरहेको छ ।                              



प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.