साढे ९४ प्रतिशत रोपाइँ

साढे ९४ प्रतिशत रोपाइँ

काठमाडौंः चालू आर्थिक वर्षमा मुलुकभर करिब साढे ९४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सोमबारसम्म मुलुकभर करिब साढे ९४ प्रतिशतको हाराहारीमा रोपाइँ भएको कृषि विकास मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार केही ढिलो भएर मनसुन सुरु भए पनि पूर्ण सक्रिय भएकाले सबै क्षेत्रमा यो पटक रोपाइँको अवस्था सन्तोषजनक देखिएको छ । मन्त्रालयको तथ्यांकअनुसार सोमबारसम्ममा मध्य पहाडमा ९६.२२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यसैगरी तराईमा ९३.५५ प्रतिशत किसानले रोपाइँ गरेका छन् । उच्च पहाडी क्षेत्रमा भने ९५.८४ प्रतिशत रोपाइँ भएको छ । कुल १४ लाख २५ हजार तीन सय ४६ हेक्टरमा धान रोप्ने गरिएकोमा यसपटक हालसम्म १३ लाख ४४ हजार नौ सय ३१ हेक्टरमा रोपाइँ गरिएको छ ।

यस वर्ष कुल १४ लाख २५ हजार तीन सय ४६ हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएकोमा हालसम्म १३ लाख ४४ हजार नौ सय ३१ हेक्टरमा रोपाइँ भइसकेको छ ।

‘यो वर्ष मौसमले साथ दिएकाले पछिल्लो दुई वर्षको तुलनामा रोपाइँ राम्रो छ', मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले भने, ‘मौसमले असोजसम्म साथ दियो भने धान बालीले राम्रो उत्पादन दिने अनुमान छ ।' मन्त्रालयका अनुसार यसपटक रासायनिक मल आपूर्तिले पनि सहयोग गरेका कारण गत वर्षको तुलनामा बढी धान फल्ने अपेक्षा गरिएको छ ।

सापकोटाका अनुसार सोलुखुम्बु, काठमाडौं, भक्तपुर, ललितपुर, उदयपुर, कास्की, पाल्पा, म्याग्दी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, जुम्ला, कालीकोट, मुगु, डोल्पा, हुम्ला, दार्चुला, बझाङ, बाजुरा, डडेलधुरा, बैतडी, अछाम, कैलाली र कञ्चनपुर जिल्लामा सतप्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ ।

हालसम्म सबैभन्दा कम सिरहामा ५५, सप्तरीमा ७५, रौतहटमा ८८, सर्लाहीमा ८९, रामेछाप ८८ र ताप्लेजुङमा ८५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । ‘तुलनात्मक रूपमा तराईमा केही कम रोपाइँ भएको छ', सापकोटाले भने, ‘यसका पछाडि दुई कारण छन् । पहिलो त तराईमा मनसुन सक्रिय हुन केही ढिलाइ भयो । अर्को, तराईमा अहिले कामदारको निकै अभाव छ । भएका कामदार वैदेशिक रोजगारमा गएपछि किसानले रोपाइँ ढिलो गरी सुरु गरे ।'

विज्ञहरूका अनुसार धान रोपाइँका लागि उत्तम समय असार १५ देखि साउन १५ सम्म हो । त्यसपछिको रोपाइँले अत्यन्त कम उत्पादन दिन्छ । धान उत्पादनमा तराई क्षेत्रले ८० प्रतिशत योगदान पुर्‍याउँदै आएको छ । नेपालमा करिब एक खर्ब मूल्यको धान फल्छ ।

गत आर्थिक वर्षमा समयमा मनसुन सक्रिय नहुँदा र नाकाबन्दी तथा बन्द हडतालका कारण रासायनिक मलका साथै आवश्यक सामग्री ढुवानी हुन नसक्दा धान उत्पादनमा १०.२ प्रतिशतले कमी आएको थियो । गत वर्ष ४२ लाख ९९ हजार मेट्रिक टन धान फलेको थियो ।

मन्त्रालयका अनुसार १५ लाख ३१ हजार हेक्टरमा धान उत्पादन हुँदै आए पनि पछिल्लो समय जमिन भौतिक पूर्वाधार, प्लटिङ र अन्य प्रयोजनमा प्रयोग भएपछि हाल १४ लाख २५ हजार तीन सय ४६ हेक्टरमा धान खेती हुँदै आएको छ ।

कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषिको करिब ३५ प्रतिशत र धानले मात्रै करिब २० प्रतिशत योगदान पुर्‍याउँदै आएको भए पनि चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार यो वर्ष कृषिको योगदान ३१.६९ प्रतिशतमात्रै रहने भएको छ । २०७१/७२ मा कृषिको योगदान ३२.१२ प्रतिशत थियो । कुल खाद्यान्नमध्ये धानले ५० प्रतिशत हिस्सा ओगटेको छ । जीडीपीमा कृषि क्षेत्रका करिब ६ खर्बको योगदान छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.