एघारौं क्विक्स् ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल

एघारौं क्विक्स् ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल

काठमाडौंः एघारौं क्विक्स् ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा आयोजक ग्रिनल्यान्ड स्कुलले स्काइलार्कमाथि ५८-५६ को रोमाञ्चक जित हात पारेको छ ।

सिनियर ब्वाइजअन्तर्गत स्काइलार्क विरुद्धको खेलमा अन्तिम मिनेट अघिसम्म ५२-५६ ले पछि परेको ग्रिनल्यान्डले दिलीप पुनमगरको उत्कृष्ट प्रदर्शनबाट नतिजा आफ्नो पक्षमा पारेको थियो । दिलीपले लगातार दुईवटा थ्री-प्वाइन्टर प्रहार गरेका थिए । खेलभर बेजोड प्रदर्शन गरेका दिलीपले महत्वपूर्ण २२ अंकको योगदान दिए ।

जुनियर ब्वाइजमा पनि ग्रिनल्यान्डले दोस्रो जित निकालेको छ । अस्मित बम्जनको सर्वाधिक १५ स्कोरको मद्दतमा ग्रिनल्यान्डले बाल विकासलाई ३१-१२ को फराकिलो अन्तरले हरायो ।

जुनियर ब्वाइजककै अन्य खेलमा एचएचसीएले बीएनएलाई ३४-२६ ले हराउँदा नेरिकले सेन्ट जोसेफलाई ३२-१२ ले रोक्यो । त्यस्तै ओडीसीले नवजीवनलाई १५-४ ले तथा एन्जल लडले मनास्लुलाई ३५-१५ ले हराए ।

धापासीस्थित ग्रिनल्यान्ड स्कुुलको कोटमा भएको सिनियर ब्वाइजको अन्य खेलमा दीपज्योति, एचएचसीए र पोलेसीले जित निकालेका छन् । दीपज्योतिले ह्वाइटहवनलाई २८-७ ले एचएचसीएले बीएनएलाई ६०-३९ ले तथा पोलेसीले नवजीवनलाई ३७-१९ ले हराउन सफल भए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.