अनुदानले पशुबिमामा आकर्षण

अनुदानले पशुबिमामा आकर्षण

सिन्धुलीः जिल्लामा व्यावसायिक पशुपालन गर्ने कृषकको संख्यामा वृद्धिसँगै पशु बिमा गर्ने कृषकको संख्या पनि बढेको पशु सेवा कार्यालय सिन्धुलीले जनाएको छ ।

आर्थिक वर्ष २०७२/७३ सम्ममा पशु सेवा कार्यालयमा एक सय १९ गाई फर्म, दुई सय ८२ बाख्रा फर्म, एक सय ५३ बंगुर फर्म र एक सय ६५ कुखुरा फर्म दर्ता भई सञ्चालनमा रहेको कार्यालयले जनाएको छ । कार्यालयले गत आर्थिक वर्षमा पशुपालन व्यावसाय प्रवद्र्धन गर्न गाई, बंगुर तथा बाख्रा पाल्ने ४९ कृषकलाई ५१ लाख अनुदान रकम वितरण गरेको थियो ।

सरकारले दिएको अनुदानका कारण ग्रामीण क्षेत्रका कृषक पशुपालनमा आकर्षित बन्दै गएका छन् । जिल्लामा बढी मात्रामा कृषकले बाख्रा पालेका छन् भने गाई र सुँगुर पाल्ने कृषकको संख्या पनि पछिल्लो समय वृद्धि हुँदै गएको कार्यालयले जनाएको छ ।

गाउँ–गाउँमा कृषकले फर्म दर्ता गरी व्यावसायिक पशुपालन सुरु गरेसँगै पशु बिमासमेत बढ्दै गएको छ । अघिल्लो वर्षको तुलनामा गत आवमा पशु बिमा ४३ प्रतिशतले वृद्धि भएको कार्यालय प्रमुख डा. हरिकुमार रघु श्रेष्ठ बताउँछन् । कार्यालयले अघिल्लो वर्ष कृषकका ६ सय ४८ पशुको बिमा गरेको थियो भने गत वर्ष त्यो संख्यामा वृद्धि भएर ११ सय ३८ पुगेको छ ।

आर्थिक वर्ष २०७२/७३ मा एक सय ७६ गाई, एक सय २५ भैंसी, चार सय बंगुर र चार सय ८२ बाख्राको बिमा गरिएको र १० लाख ३४ हजार ९३ रुपैयाँ प्रिमियम रकम जम्मा भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए ।

सरकारले पशुपालक किसानलाई हौसला प्रदान गर्दै व्यावसायिक पशुपालन बढाउन अगाडि सारेको पशु बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । पशुपालन व्यवसायमा हुन सक्ने विभिन्न जोखिमबाट ढुक्क बन्न आफूले पालेका पशुको बिमा गराउन किसानलाई कार्यालयले आग्रहसमेत गरेको छ ।

सरकारबाट मान्यता प्राप्त विभिन्न १७ बिमा कम्पनीमार्फत पशु बिमा गर्न सकिने पशु सेवा कार्यालयले जनाएको छ । पशु बिमा गर्दा लाग्ने कुल खर्चको ७५ प्रतिशत रकम सरकारले अनुदानबापत बिमा कम्पनीलाई भुक्तानी गरिदिन थालेपछि बिमा गर्न क्रम बढेको हो । बिमाको प्रक्रियाअनुसार बिमा गर्ने पशुको स्वास्थ्य जाँच गरी कानमा चिह्न लगाइन्छ ।

पशु बिमा गर्दा लाग्ने कुल खर्चको ७५ प्रतिशत रकम सरकारले अनुदानबापत बिमा कम्पनीलाई भुक्तानी गरिदिन थालेपछि बिमा गर्न क्रम बढेको हो ।

पशु चिकित्सकले स्वास्थ्य परीक्षण प्रमाणपत्र दिएपछि मूल्यांकन गरी बिमा कम्पनीलाई प्रस्तावको रूपमा पठाउने गरिन्छ । कम्पनीबाट फाइनल भएर आएपछि बिमा हुने गरेको छ । एउटा पशुको न्यूनतम ४५ हजारदेखि एक लाख ५० हजार रुपैयासम्मको बिमा हुने गरेको छ । एक वर्षभित्रै बिमा गरेको पशु मरेमा मूल्यांकन भएअनुसारको क्षतिपूर्ति पशुधनीले पाउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.