नेपाल नेदरल्यान्डसविरुद्ध ब्याटिङ गर्दै
काठमाडौँः विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत शनिबारको खेलमा नेपालले नेदरल्यान्ड्विरुद्ध ब्याटिङ गर्दैछ । टस हार्दै नेपालले ब्याटिङको निम्तो पाएको हो । शनिबार नेपाली समयअनुसार पौने ३ मा सुरु हुने खेलमा नेपालले नेदरल्यान्डविरुद्ध उसकै घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ ।
विश्व क्रिकेट लिग च्याम्पियनको पहिलो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी पाएको हो । आठ टोली सहभागी विश्व क्रिकेट लिगमा नेदरल्यान्ड शीर्ष स्थानमा छ भने नेपाल छैठौँ स्थानमा छ । नेपालले सोमबार समेत नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा सहभागी शीर्ष चार टोलीले सन् २०१८ मा बंगलादेशमा हुने विश्वकप छनोटको प्रतिस्पर्धा गर्न पाउने छन् ।
प्रतियोगितामा नेपाल, नेदरल्यान्ड, हङकङ, पपुवा न्युगिनी, स्कटल्याण्ड, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्ससहि ८ राष्ट्र सहभागी छन् ।
६ खेलमा चार खेल जितेको नेदरल्याण्ड्स १० अंकसहित शीर्ष स्थानमा भने ६ खेलमा दुई खेल जितेको नेपाल चार अंकसहित छैटौं स्थानमा छ ।