पिस प्वाइन्ट कप अन्तरविद्यालय फुटबल बुधबारदेखि
काठमाडौंः प्रथम पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ। मध्यबानेश्वरस्थित पिस प्वाइन्ट बोर्डिङ स्कुलको आयोजनामा हुन लागेको प्रतियोगितामा १६ टिमको सहभागीता रहने छ।
खेल नकआउट आधारमा खेलाइने आयोजकले जनाएको छ। माफ र जिसाकाको सहयोगमा हुन लागेको प्रतियोगिता सञ्चालन गर्न अनुमानित २ लाख ५० हजार खर्च हुने पिस प्वाइन्टकी संस्थापक प्रिन्सिपल इशु गुरुङले जनाएकी छन्।
सानोगौचरणस्थित मैदानमा हुन प्रतियोगितामा आयोजक पिस प्वाइन्टसहित इन्द्र धनुष, बेबिलन, कन्टिनेन्टल, अभिषेक ज्ञानमन्दिर, ल्यान्डमार्क, एप्पल, शिक्षा संस्कार, सेवा सदन, रिलायन्स रेसिडेन्सियल, चाल्र्स डार्विन, न्यु समित, अंकुर, छुनामुना, एक्सिस् र विद्याकुञ्ज विद्यालयले सहभागिता जनाउने छन्।
फाइनल खेल भदौ ५ गते हुने आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)