सुरक्षित बासस्थानको व्यवस्था गरिए अफगानिस्तान कामदार पठाउन सकिने

सुरक्षित बासस्थानको व्यवस्था गरिए अफगानिस्तान कामदार पठाउन सकिने

काठमाडौं: झन्डै एक महिना अघि अफगानिस्तानको काबुलमा १३ जना नेपालीको ज्यान जाने गरी भएको भएको बम विष्फोटको घटनाको छानविन गर्न गठित कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ।

श्रम सचिव विष्णु लम्सालको संयोजकत्वमा गठित कार्यदलले मंगलबार विहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर प्रतिवेदन बुझाएको हो। प्रधानमन्त्रीलाई बुझाइएको प्रतिवेदनमा सुरक्षाको प्रत्याभूति गराउने र कार्यस्थलमै सुरक्षित बासस्थानको ग्यारेण्टी गरेर मात्रै सुरक्षा गार्डमा नेपाली कामदार पठाउन सकिने सुझाव दिइएको छ।

कार्यदलको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले विदेशमा रोजगारीका लागि गएका र जाने कामदारको सुरक्षाप्रति सरकार गम्भीर रहेको बताए। उनले भने,‘विदेशमा रोजगारीका लागि गएका नेपालीहरुको सुरक्षाको पूर्ण प्रत्याभूति हुनुपर्छ भन्ने सरकारको धारणा हो।’ प्रचण्डले कार्यदलले बुझाएको प्रतिवेदन अध्ययन गरेर मन्त्रिपरिषद बैठकमा छलफल गरेर ठोस निर्णय लिने जानकारी दिए।

काबुलमा नेपाली सवार बसलाई लक्षित गरेर गराइएको बम विष्फोट परी १३ जना नेपाली कामदारको ज्यान गएको थियो। त्यसपछि घटनाबारे अध्ययन गर्न श्रम सचिव लम्सालको संयोजकत्वमा गत असार ९ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले कार्यदल गठन गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.