एकैदिन ३७ लाख मूल्य बराबरको गुट्खा बरामद

एकैदिन ३७ लाख मूल्य बराबरको गुट्खा बरामद

वीरगन्जः वीरगन्जमा प्रहरीले एकै दिनमा ३७ लाख रुपैयाँ मूल्य बराबरको गुट्खा बरामद गरेको छ।

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट गत आइतवार खटिएको प्रहरीको टोलीले वीरगन्जका विभिन्न स्थानमा रहेका चारवटा पसल र गोदाममा छापा मारेर एक सय ६ बोरा गुट्खा बरामद गरेको हो।

प्रहरीले वीरगन्ज–११ मा रहेको माँ वैष्णवी इन्टर प्राइजेजबाट शुद्धधन गुटखा १८ बोरा, शुद्ध प्लस गुटखा ४० बोरा, शुद्ध प्लस भारतीय पान मसाला दुई बोरा, रौनक प्लस गुट्खा एक बोरा, विभिन्न ब्राण्डका ड्यामेज (बिग्रिएको ) गुट्खा १८ बोरा बरामद गरेको प्रहरीले जनाएको छ।

यस्तै वीरगन्ज–७ मा रहेको चावासती मार्केटिङमा छापा मारेर मल्टी प्लस गुटखा नौ बोरा, मल्टी प्लस ब्राण्डकै बिग्रिएको गुट्खा सात बोरा र शुद्धधन गुट्खा एक बोरा बरामद गरिएको प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए।

यस्तै वीरगन्ज–८ मा रहेको कृष्ण जनरल स्टोरमा पनि प्रहरीले छापा मारेर करेन्ट प्लस गुट्खा एक बोरा र भोला गुट्खा एक बोरा तथा वीरगन्ज ८ मै रहेको कन्चन किराना पसलबाट पनि करेन्ट प्लस गुटखा तीन बोरा र भोला गुट्खा पाँच बोरा बरामद गरेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए।

प्रहरीले बरामद गरेका मध्ये २८ बोरा गुटखा म्याद गुज्रिएर कुहिएको अवस्थामा रहेको प्रहरी उपरिक्षक श्रेष्ठले बताए। ‘सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन अनुगमन निर्देशिका २०७१ मा बजारमा बिक्री वितरण हुने सुर्तिजन्य पदार्थको खोलमा ९० प्रतिशत भागमा ‘सुर्ति सेवनले हुने क्यान्सरको खतराबाट अवगत गराउने’ तस्वीर र सन्देश राख्नु पर्ने प्रावधान छ।

तर, प्रहरीले छापा मारेका पसल र गोदाममा राखिएका गुटखाको प्याकेटमा माप दण्ड अनुसारको प्राणघातक चिन्ह नभएको, राखिएको चिन्ह पनि स्पष्ट नभएको , गुट्खाको प्याकेटमा प्रिन्टेड मिति नराखी नक्कली मसीको नबुझिने उत्पादन मिति राखिएको तथा म्याद गुज्रिएर कुहिएको अवस्थामा फेला परेकाले बरामद गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए।

बरामद गुट्खा आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा पठाइने प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए।

भारतबाट एक किलो गुट्खा आयात गर्दा तीन सय ७५ रुपैया अन्त शुल्क, ३० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) गरी कुल एक हजार ४ सय ३३ रुपैयाँ राजश्व लाग्ने गरेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.