कलर्स स्मार्टफोन खरिदमा छुट

कलर्स स्मार्टफोन खरिदमा छुट

काठमाडौंः कलर्स मोबाइलले आफ्ना चुनिएका स्मार्टफोनमा केही दिनका लागि फ्री पावरब्यांकसहित मूल्यमा पनि कटौती गरेको छ ।
कलर्स मोबाइल नेपालले यो वर्षको सबैभन्दा स्मार्ट डिलको घोषणा गर्दै आफ्ना केही चुनिएका स्मार्टफोनको मूल्यमा कटौती गर्दै १० हजार एमएएचको पावरब्यांकसमेत प्रदान गर्ने जनाएको छ । चाडपर्वको अवसर पारेर कम्पनीले ग्राहकलक्षित यस्तो योजना ल्याएको हो ।

कम्पनीले इलिट ई १५, इलिट ई २० र कलर्स के ३ स्मार्टफोनमा केही दिनका लागि यो योजना लागू गरेको जनाएको छ । कम्पनीका अनुसार योे मूल्य यस वर्षको चाडबाड आरम्भ भएसम्म जारी रहनेछ ।

५९ दिनसम्म टिक्ने कलर्स इ १५ मा पाँच हजार एमएएच ब्याट्री छ । ड्रागन ट्रेल ग्लास रहेको यो फोन १२ हजार चार सय ९५ मा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । यसको मूल्य यसभन्दा अघि १३ हजार नौ सय ९५ थियो । यस्तै पहिले १५ हजार नौ सय ९५ मूल्य रहेको ई २० स्मार्टफोन अब १३ हजार नौ सय ९५ मा पाइने कम्पनीले जनाएको छ ।

यसैगरी कम्पनीले तीन जीबी र्‍याम, ३२ जीबी रोम रहेको कलर्स के ३ लाई १५ हजार नौ सय ९५ मा उपलब्ध गराउने भएको छ ।

यसको पहिलेको बजार मूल्य १७ हजार चार सय ९५ थियो । कलर्स मोबाइल नेपालका मार्केटिङ म्यानेजर राजजंग थापाले चुनिएका र लोकप्रिय स्मार्टफोनको मूल्यमा कटौती गर्नुको कारण चाडबाडको पूर्वसन्ध्यालाई उमंगमय बनाउनु रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.