सस्तोमा राम्रो मोबाइल ‘इनफोकस’

सस्तोमा राम्रो मोबाइल ‘इनफोकस’

काठमाडौंः सस्तो मूल्यमा राम्रो मोबाइल खोज्नेका लागि इनफोकस उत्कृष्ट ब्रान्ड हो । प्रविधि, बनावट र गुणस्तरका आधारमा उत्कृष्ट रहेको यो फोन अमेरिकी ब्रान्ड र चर्चित म्यानुफ्याक्चर कम्पनीको प्रडक्ट हो । यही महिनामात्र प्रिज्म टेक्नोलोजिजले नेपाली बजारमा भित्रयाएको यो फोन नेपालको मोबाइल बजारमा मूल्यका आधारमा उत्कृष्ट रहेको छ ।

यसअघि विभिन्न मोबाइल ब्रान्ड बिक्रीवितरण गरिसकेको प्रिज्मले अमेरिकी ब्रान्ड इनफोकस स्मार्टफोन बजारमा ल्याएको हो । विश्व मोबाइल बजारमा स्थापित ब्रान्डको रूपमा रहेको यो स्मार्ट फोनले नेपाली बजारमा पनि छोटो समयमा सफलता हात पार्ने प्रिज्म टेक्नोलोजिजकी मार्केटिङ म्यानेजर संगीता सिलवालले बताइन् ।

उनले नेपालमा रहेका अन्य ब्रान्डसँग प्रतिस्पर्धामा खरो उत्रिन इनफोकस सफल हुने बताइन् । ‘सस्तो मूल्यमा राम्रो मोबाइल खोज्नेका लागि इनफोकस उत्कृष्ट विकल्प हो’, सिलवालले भनिन्, कम्पनीका स्मार्टफोन पहिलो चरणमा नेपालका प्रमुख सहरमा लक्षित हुनेछन् ।’ ग्रामीण क्षेत्रका युवाका लागि समेत लक्षित गर्ने कम्पनीले उपभोक्ताको आवश्यकता र मागअनुसार स्मार्टफोन बजारमा ल्याउने उनले बताइन् ।

कम्पनीले अहिले दुईवटा मोडल बजारमा ल्याएको छ । एम ८०८ आई र एम ३७० आई बजारमा उपलब्ध छन् । अरू चार मोडल बजारमा आउने क्रममा रहेको सिलवालले बताइन् । उनका अनुसार ८०८ आईको बजार मूल्य २३ हजार हाराहारीमा रहने र ३७० आई १४ हजारमा बजारमा उपलब्ध हुनेछ । कम्पनीले ग्राहकलाई बिक्रीपछिको सेवाका साथै बिक्रीका लागि मुलुकको ८० प्रतिशतभन्दा बढी क्षेत्रमा डिलर निर्धारण गरिसकेको छ । चाँडै नै प्रमुख सहरमा मोबाइल उपलब्ध हुने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.