रक्षाबन्धनको राैनक (फोटोफिचर)
तस्वीरहरु: दिनेशविक्रम शाह
काठमाडाैं: हिन्दु धर्माबलम्बीहरुले प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमामा मनाउने ऋषितर्पणी, रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व यसवर्ष पनि धुमधामका साथ मनाइरहेका छन्।
तागाधारीहरुले आफ्नो जनै (यज्ञोपवित) फेरेका छन्। जनै फेर्नका लागि हिजैदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ। यसरी व्रत बसेका तागाधारीहरुले बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन्।
स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ। मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गरिन्छ। आजकै दिन तागाधारीहरुले आफ्नो जनै (यज्ञोपवित) फेर्छन्। पशुपतिनाथ मन्दिर परिसरमा विदेशी पर्यटक पनि रक्षाबन्धन पर्व मनाउन पुगेका थिए।
हेर्नुस् केही तस्वीरहरु: