लिंग परिवर्तनपछि एनी...

लिंग परिवर्तनपछि एनी...

विराटनगरकी एनी लामा पढाइको सिलसिलामा चार वर्षअगाडि मात्रै काठमाडौं आएकी हुन् । काठमाडौंको वातावरण र यहाँ मानिसले तेस्रो लिंगीलाई हेर्ने नजरले गर्दा उनले पढ्ने आँटसम्म पनि गर्न सकिनन् । तेस्रो लिंगीको क्षेत्रमा काम गर्ने संस्थाका बारेमा थाहा पाएपछि उनी नीलहीरा समाजमा पुगिन् । त्यहाँ करिब दुई वर्षजति कार्यक्रम सहायकका रूपमा काम गरिसकेपछि उनमा आत्मविश्वास पनि बढ्दै गयो ।

उनी जब १६ वर्ष पुगिन्, उनको व्यवहार अरूको भन्दा अलि फरक हुँदै गयो । आफू पुरुष भएर पनि पुरुषप्रति नै उनको आकर्षण बढ्दै गएपछि उनले आफू तेस्रोलिंगी भएको थाहा पाइन् । त्यसपछि उनलाई घरपरिवार र समाजले गर्ने व्यवहार पनि फरक हुन थाले ।

घरमा उनका आमा र दाइमात्रै छन् । आफूले अंशमा पाउने सम्पत्ति बेचेर एक वर्षअगाडि उनले थाइल्यान्डको बैंकक गएर आफ्नो लिंग परिवर्तन गरेर आइन् । यसका लागि करिब आठ लाख रुपैयाँ लाग्यो । तर, उनलाई यसमा कुनै चित्त दुखाइ छैन । महिलाको जस्तै भावना उब्जने मनका साथै शरीर पनि पाएकी छन् अहिले उनले । त्यसैले त गर्वका साथ भन्छिन्,­ ‘अब म केटी हुँ ।' उनलाई फेसन र मोडलिङमा विशेष रुचि रहेको छ । त्यसैले केही महिना अगाडिदेखि नेपाल इन्स्टिच्युट अफ फेसनमा उनी दुई वर्षको फेसन डिजाइनरको डिप्लोमा कोर्स गरिरहेकी छन् ।

नीलहीरा समाजले प्रत्येक वर्ष तेस्रोलिंगीबीच गर्दै आएको ‘मिस पिंक' प्रतियोगितामा उनले यस वर्षको शीर्ष उपाधि जितेकी छन् । ‘मलाई मोडल हुने रहर बच्चैदेखि थियो तर मेरो उचाइ अलि कम भएकाले मैले आँट्न सकेको थिइनँ । यो प्रतियोगितामा रूपमात्रै होइन, आफ्नो प्रतिभा र दिमागी क्षमता पनि देखाउनुपर्ने हुनाले म सफल भएँ', उनले भनिन् । वैशाख १२ को भूकम्पको एक दिनअगाडि भएको मिस ग्ल्यामरस स्टारमा पनि उनी दोस्रो रनरअप भएकी थिइन् ।

सौन्दर्य प्रतियोगिताका यी विभिन्न अनुभव सँगालेर यही नोभेम्बर ९ मा थाइल्यान्डको पतैयामा हुने मिस इन्टरनेसनल ब्युटी क्विनमा उनले पनि सहभागिता जनाउने भएकी छन् । प्रतियोगितामा सकेसम्म जितेर आफ्नो देशको नाम संसारभर चिनाउने उनको इच्छा छ । शीर्ष उपाधि नपाए पनि उत्कृष्ट १० भित्र भने जसरी पनि पर्छुझैं लागेको छ एनीलाई । प्रतियोगितामा स्विम सुट राउन्ड पनि भएकाले आफ्नो शरीरलाई फिट राख्न हाल उनी जुम्बा सिकिरहेकी छन् ।

प्रतियोगितामा लगाइने पोसाक उनी आफैंले डिजाइन गर्ने भएकी छन् । इभिनिङ गाउन र क्लासिक गाउनबाहेक राष्ट्रिय पोसाक पनि लगाउनुपर्ने हुनाले उनले नेपाली धोती चोलोलाई नै थोरै परिस्कृत गर्ने भएकी छन् ।

उनी आफ्नो समूहका साथीहरूसँग कहिलेकाहीँ हिँड्दा कतिपयले छक्का, हिजडालगायतका शब्दले जिस्क्याउने गर्थे । तर, अब आफू केटी भइसकेकाले यस्ता खाले जिस्क्याइले कुनै फरक नपार्ने उनले बताइन् । अहिले उनी आफ्नो पुरुष पार्टनरसँग ‘लिभिङ टुगेदर' सम्बन्धमा बस्दै आएकी छन् । आफूले चाहेको सफलता हात पारेपछि विवाह गरेर घरजम बसाउने उनको धोको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.