कलाकारले कस्ताकस्ता कठिन सम्झौता गर्नुपर्छ ?

कलाकारले कस्ताकस्ता कठिन सम्झौता गर्नुपर्छ ?

सिनदेखि संगीतसम्म, रूपदेखि रंगसम्म । शब्द बोल्दै शैली होस् या सुर र ताल, सबै मिलाइएको हुन्छ । चाहे त्यो म्युजिक भिडियो होस् या लामै चलचित्र । ‘पर्दामा देखिनेजस्तो मनै लोभ्याउने दुनियाँ यथार्थमा हुँदैन’ भन्छिन् कलाकार सुजना ढकाल । नर्स बन्ने सपना सँगालेर झापाबाट राजधानी छिरेकी सुजना कलाकारितमा लागिन् । ‘खै किन यता लागेँ’, सुजनाले भनिन्, ‘सायद मभित्र कलाकारिताप्रति आकर्षण थियो होला ।’

२०५३ चैतमा झापाको तोपगाछीमा बुवा खड्क र आमा जानुका ढकालको कोखबाट जन्मिएकी उनीसँग स्थानीय गरिमा एकेडेमीमा पढ्दासम्म कुनै सपना थिएन । ‘सामान्य थियो जिन्दगी’, सुजनाले भनिन्, ‘पढ्नु छ, केही गर्नु छ भन्ने थियो । यही गर्छु भन्ने केही थिएन ।’

उच्च शिक्षाका लागि उनी राजधानी छिरिन् । भानुभक्त मेमोरियलमा दस जोड दुई पढ्न भर्ना भइन् । फुर्सदको समयमा दिनरात टीभी हेर्थिन । ‘सायद टीभी हेर्दाहेर्दै कलाकारितामा रस बस्यो’, उनले भनिन्, ‘म प्लस टु गर्दा गर्दै कलाकारितामा लागेँ ।’ उनले त्यही समयमा रजिना रिमालको ‘किन आउँथ्यो याद तिम्रो’ म्युजिक भिडियोमा खेलेर कलाकारितामा डेब्यु गरिन् । पहिलो भिडियो नै निकै रुचाइयो । ‘त्यसले मलाई झन प्ररित ग¥यो’, सुजनाले भनिन् । त्यसपछि उनी निरन्तर यो क्षेत्रमा लागिन् ।

‘जीवन संघर्षको निरन्तरता हो’ भन्न रुचाउने सुजना भन्छिन्, ‘कहिले सकिन्छ र संघर्ष, एउटा प्राप्त हुँदा अर्कोको चाहना भइरहन्छ । आफूसँगै सायद संघर्ष सकिन्छ होला ।’ उन्को कलाकारिताको संघर्ष जारी छ । पढाइलाई अलि बढी समय दिइरहेकी उनी त्यसपछि आसुसेन लामा र प्रसन्न पौडेलको ‘आमा तिम्रो छोरी’ म्युजिक भिडियोमा देखिइन् । यो क्रम जारी छ । उनले अजय अधिकारीको ‘आउ जलाउ दीप मिलनको’मा गरेको अभिनय निकै रुचाइयो ।

पूर्वमा जन्मिए पनि पश्चिमको थारू परिवेशमा उनले ‘ओई लबली’मा गरेको जीवन्त अभिनयले उनलाई त्यस क्षेत्रमै निकै चर्चित बनायो । धेरैले उनलाई ‘नेपाली काजोल’को उपमा दिए । पछिल्लो समय सुजनाले अभिनय गरेको चेतनामूलक छोटो चलचित्र ‘मानेकी बूढी’ यूट्युबमा निकै चलेको छ । उनले ‘आवारा’मा देखाएको अभिनयले चलचित्र ‘प्रेमी’मा काम गर्न निकै उत्साहित बनायो ।

‘धेरै दर्शकले माया गर्छन्, प्रशंसा गर्छन्’, सुजनाले भनिन्, ‘प्रशंसकहरूलाई धन्यवाद भन्नैपर्छ, तर पर्दामा सलल बगेजस्तो कालाकारिता सहज छैन ।’ उनको अनुभवमा अनेक अड्चन, तगारा, अप्ठ्यारा र सम्झौताहरू कलाकारिताका कसिला पाटाहरू हुन् ।

‘पर्दामा जति रंगीन छ कलाकारिता, यथार्थमा उत्तिकै नमीठो पनि’, सुजनाले भनिन्, ‘मलाई पनि अनेक प्रस्ताव आउँछन्, स्वीकार्ने न नस्वीकार्ने आफूमा भर पर्छ ।’ कलाकारिता गर्न सम्झौताले मात्रै नहुने उनको अनुभव छ । कुनै न कुनै क्षमता र खुबी हुनैपर्ने उनी बताउँछिन् । नजानिँदै उमेरमा चञ्चले प्रेम गरेकी उनी प्रेमको परिभाषा गर्न रुचाउँदिनन् । उनी भन्छिन्, ‘सेक्स र प्रेमबारे गरेपछि बोलौंला ।’



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.