अन्नपूर्ण पोष्टको साप्ताहिक उपहारले ग्राहक दंग
काठमाडौँ: ‘जहाँ छ सपना, त्यहाँ हुन्छ अन्नपूर्ण पोष्ट’ नारासहितकको बार्षिक ग्राहक योजना ‘अन्नपूर्ण पोष्ट ओएमजी’ प्रत्येक हप्ता ग्राहकलाई खुशी दिदै आएको छ । बार्षिक योजना अन्तर्गत २९ औँ साताका विजेता बारा सिमराका लक्ष्मीनारायण सुनचाँदी पसलका मदन विश्वकर्मालाई शुक्रबार पुरस्कार प्रदान गरिएको छ ।
अन्नपूर्ण पोष्टले हरेक हप्ता बार्षिक ग्राहकलाई साप्ताहिक लक्की ड्र मार्फत् उपहार दिदै आएको छ । लक्की ड्रमा विजयी मदन विश्वकर्माले एप्लाइन्सेस गिफ्ट ह्याम्परका रुपमा भ्याकुम किलिनर, राइसकुकर, पंखा, इन्डक्सन चुलोलगायतका घरायसी सामान पाएका छन्।
‘सपना हो कि विपना हो जस्तो भो,’ विजेता विश्वकर्माले सुनाए, ‘अहिलेसम्म मलाई कुनै पुरस्कार परेको थिएन् ।’
त्यसैगरी, अन्नपूर्णको ‘नपर्ने त कुरै छैन’ वार्षिक ग्राहक योजना अन्तर्गत ३० औँ साताका विजेता बत्तीसपुतलिका बिल न ९३४ फ्लोरिकल्चर एसोसिएसन घोषित भएका छन् । लक्की ड्र मार्फत् विजेता घोषणा गरिएको हो ।
३ हजार ४ सय रुपैयाँ तिरेर अन्नपूर्णको बार्षिक ग्राहक बन्ने पाठकले विभिन्न उपहार पाउने गरेका छन् ।
बार्षिक ग्राहक बन्ने मध्येबाट एक जनाले लक्की ड्र मार्फत् साप्ताहिक रुपमा होम एप्लाइन्सेस गिफ्ट ह्याम्पर, मासिक रुपमा बजाजको प्लाटिना मोटरसाइकल र बार्षिक लक्की ड्रबाट एकजना भाग्यशाली विजेताले चितवन भरतपुरस्थित यज्ञपुरी कोलोनीमा बनेको अढाई तले बंगाला वा नगद १ करोड २५ लाख रुपैयाँ उपहार पाउनेछन् । बंगाला पूर्ण सजावटयुक्त छ ।
अन्नपूर्ण पोस्टका नयाँ मात्र नभई पुराना ग्राहकलेसमेत बार्षिक ग्राहक नविकरण गरेर यो अभियानमा सहभागीता जनाउँन पाउनेछन्। अर्धबार्षिक र त्रैमासिक रुपमा पत्रिकाको ग्राहक बन्ने पाठकले भने कुनै उपहार पाउने छैनन् । हाल देशभर ग्राहक योजना संचालन भइरहेको छ।