अमिताभले जित्दैछन् प्रधानमन्त्री मोदीलार्इ
बलिउड अभिनेता अमिताभ बच्चन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका ट्वीटर फलोअर्स झन्डै बराबरी पुगेका छन् ।
अमिताभका ट्वीटर फलोअर्स दुई करोड २० लाख भन्दा बढी छन् भने प्रधानमन्त्री नरेन्द्र मोदीका ट्वीटर फलोअर्स दुई करोड २० लाख छन् ।
'शोले', 'दीवार', 'ब्लैक', पिंकलगायतका चचिर्त चलचित्रमा अभियन गरेका ७३ वर्षका अभिनेताका ट्वीटर फलोअर्सको संख्या दिनप्रतिदिन बढिरहेको छ ।
सामाजिक सञ्जाल ट्वीटरमा निकै सक्रिय बच्चनले आफ्ना फलोअर्स २२ मिलियन अर्थात दुई लाख २० हजार पुगेको ट्वीट सेयर गरेका छन् । उनले ट्वीटरका साथी दुई करोड २० लाख पुर्याउन सहयोग गर्ने सबैलाई धन्यवाद भनेका छन् ।
T 2354 -BAAADUUUUMMMBAAAA ! Twitter followers reaches 22 million #AB22Million.. thank you all .. your love made it pic.twitter.com/NHPkozEFZv
— Amitabh Bachchan (@SrBachchan) August 20, 2016
अभिनेता शाहरुखका फलोअर्स दुई करोड ८ लाख, सलमान खानका एक करोड ९० लाख, आमिर खानका एक करोड ८३ लाख, प्रियंका चोपडाका एक करोड ४८ लाख तथा दीपिका पादुकोणका फलोअर्स एक करोड ५६ लाख छन् ।