टेलिकमद्वारा माइक्रोवेब रेडियो लिंक विस्तार

टेलिकमद्वारा माइक्रोवेब रेडियो लिंक विस्तार

काठमाडौं ः नेपाल टेलिकमले गत शनिबारदेखि ७५ वटै जिल्लामा माइक्रोवेभ रेडियो लिंकको पहुँच विस्तार गरी सेवा सञ्चालनमा ल्याएको छ ।

यसअघि कर्णाली अञ्चलका मुगु, हुम्ला र डोल्पा जिल्लाका सदरमुकाममा स्याटेलाइट प्रविधिमार्फत सेवा उपलब्ध गराइँदै आएको थियो । सेवा उपभोगका सन्दर्भमा विभिन्न कठिनाइको सामना गर्नुपर्ने स्थिति रहेकोले त्यसलाई अन्त्य गरि टेलिकमले यो सेवा सञ्चालनमा ल्याएको हो ।

माइक्रोवेब लिंक स्थापनापश्चात् एक सय ७० एमबीपीएसको लिंकमार्फत ल्यान्डलाइन, जीएसएम, सीडीएमएका टेलिफोन सेवा तथा एडीएसएल, टुजी, इभिडिओ इन्टरनेट सेवाको डाटा क्षमतामा उल्लेख्य सुधार हुने टेलिकमले जनाएको छ । साथै टेलिकमले भविष्यमा थ्रिजी र वाइम्याक्स सेवा पनि सञ्चालन गर्ने जनाएको छ ।

टेलिकमले शनिबार ७५औं जिल्लाको रूपमा हुम्लाको सिमिकोटमा सो प्रविधिमार्फत सेवा उपलब्ध गराउन थालेको हो । यसअघि गत असार २१ गते डोल्पा जिल्लामा र त्यसअघि मुगु जिल्लामा माइक्रोवेब रेडियो लिंकको पहुँच पुर्‍याएको कम्पनीले जनाएको छ ।

यसबाट कर्णालीबासी उपभोक्ताले अधिकतम लाभ प्राप्त गर्ने अपेक्षा गरिएको टेलिकमको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.