एनआइसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा खनिया

एनआइसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा खनिया
सुन्नुहोस्

काठमाडौं : एनआइसी एशिया बैंक लिमिटेडले अर्जुनराज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ। 

बैंकले सहायक महाप्रबन्धक पदमा कार्यरत रहेका खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको हो। सन् २००४ देखि बैंकिङ क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखाहरू, विभागहरू एवम् इकोसिस्टमहरूमा काम गरी २० वर्षभन्दा लामो अनुभव संगाल्लेका छन्। 

सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरिक लेखा परीक्षकका रूपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गरेका खनिया सन् २०१० मा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखका रूपमा नियुक्त भएका थिए। 

तत्पश्चात् यस बैंकका विभिन्न विभाग तथा इकोसिस्टमहरूमा प्रमुखको रूपमा नेत्तृत्वदायी भुमिकामा रही बैंकको व्यवसायिक रणनीति निर्माण एवम् कार्यान्वयनमा खनियाको अतुलनीय योगदान रहेको थियो।

हाल उनले बैंकको Strategic Performance Management Ecosystem/Experience Assurance Ecosystem प्रमुख, प्रमुख सूचना अधिकारी, प्रमुख गुनासो सुन्ने अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका छन्। 

बैंकको विभिन्न विभागहरू तथा इकोसिस्टमहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै बैंकको ट्रान्सफर्र्मेसन जर्नीमा अतुलनिय योगदान दिई आफ्नो सफल जिम्मेवारी निर्वाह गरेका खनियालाई बैंकले दिएको यस नयाँ जिम्मेवारीले बैंकलाई थप उचाई हासिल गरी, उच्च व्यावसायिक सफलता प्राप्त गर्न योगदान गर्ने विश्वास रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.