एनआईसी एशियाद्वारा सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन हस्तान्तरण

एनआईसी एशियाद्वारा सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन हस्तान्तरण
सुन्नुहोस्

काठमाडौं : एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन हस्तान्तरण गरेको छ। 

विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीहरू उपलब्ध गराएर अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण निर्माणार्थ सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकले उक्त पुस्तकालय भवनहरू निर्माण गरेको जानकारी दिएको हो।  

बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित जोशीपुर गाउँपालिका-१ मा अवस्थित मोहन्याल माध्यमिक विद्यालय, मधेस प्रदेशको सिराहा जिल्लास्थित भगवानपुर गाउँपालिका-१ मा अवस्थित बाला सुन्दरी माध्यमिक विद्यालय, कोशी प्रदेशको झापा जिल्लास्थित बुद्धशान्ती गाउँपालिका-२ मा अवस्थित आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका-३ मा अवस्थित गौरीगञ्ज माध्यमिक विद्यालय, गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित बन्दिपुर गाउँपालिका-१ मा अवस्थित पवित्रा माध्यमिक विद्यालयको पुस्तकालय भवन निर्माण कार्य सम्पन्न भएर पुस्तकालय स्थापनाका लागि बैंकले सम्बन्धित विद्यालयहरूलाई उक्त पुस्तकालय हस्तान्तरण गरिसकेको छ।

त्यसैगरी, मधेस प्रदेशको पर्सा जिल्लास्थित वीरगञ्ज महानगरपालिका-१४ मा अवस्थित सिद्धार्थ माध्यमिक विद्यालय र लुम्बिनी प्रदेशको रुपन्देही जिल्लास्थित सियारी गाउँपालिका-४ मा अवस्थित पब्लिक सेकेन्डरी स्कुलको पुस्तकालय भवनहरू निर्माण कार्य भइरहेको छ। साथै, वाग्मती प्रदेशको चितवन जिल्लास्थित राप्ती नगरपालिका-७ मा अवस्थित वीरेन्द्र आदर्श माध्यमिक विद्यालयको भवन निर्माणका लागि निर्माणकर्ता छनौट प्रक्रिया अघि बढिसकेको छ।  

बैंकले यी पुस्तकालय भवनहरू निर्माणका लागि भनेर कुल २ करोड १३ लाख २३ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। यी पुस्तकालय भवनहरू निर्माणपछि उक्त विद्यालयहरूमा अध्ययनरत ११ हजारभन्दा बढी विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.