दुर्घटनामा ज्यान गुमाउनेमध्ये ४० प्रतिशत पैदल यात्रु!

दुर्घटनामा ज्यान गुमाउनेमध्ये ४० प्रतिशत पैदल यात्रु!

काठमाडौं: सडक दुर्घटनामा ज्यान गुमाएकामध्ये ४० प्रतिशत पैदल यात्रु रहेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल स्काउटको संयुक्त आयोजनामा मंगलबार आयोजित सडक सुरक्षा सचेतना कार्यक्रमको समापन कार्यक्रममा  महाशाखाका प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले आर्थिक वर्ष २०७२/७३ मा सडक दुर्घटनामा दुई हजार ६ जनाको निधन भएकामध्ये ८०० जना पैदल यात्रु रहेको बताए।

उनले भने,'बर्सेनि सडक दुर्घटनाबाट यति धेरै मानिसको मृत्यु हुने गरेको छ यसलाई न्यूनीकरण गर्न सबैले आफ्नो घर र छरछिमेकमा जनचेतना जगाउनु आवश्यक छ।' अर्यालले एकछिनको हतारोमा मानिसको ज्यान जाने गरेको भन्दै हतार नगरी बाटो काट्न वा सवारी चलाउन आग्रह गरे। 

नेपाल स्काउटका व्यवस्थापक रवीन दाहालले ट्राफिक व्यवस्थापन र सुरक्षा कक्षा काठमाडौँ उपत्यकामा मात्र सीमित नराखी देशका व्यस्त सहरमा पनि सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गरे।  महाशाखाका प्रहरी नायब उपरीक्षक सविन प्रधानले गत साउन ९ गतेदेखि काठमाडौँका विभिन्न विद्यालयका विद्यार्थीमार्फत पैदलयात्रु र चालकलाई जनचेतना दिएको बताए। उनले,'जनचेतना दिएका पैदलयात्रु तथा चालकले पुनः गल्ती गरे कानुनी कारबाही गर्छौं।'

जनचेतनाका लागि नोबेल स्कुल, लालीगुराँस, श्वेतसदन, जुद्धोदय, इपिएसलगायत १४ विद्यालय र लिङ्कन, सेन्जिभियर्स, मोर्गान, ओरियन्ट कलेजका विद्यार्थी सहभागिता रहेको प्रधानले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.