रमेश तामाङको शव नेपाल पठाउन चितवन समाजको सहयोग
काठमाडौँः उपचारका क्रममा जापानमा निधन भएका रमेश तामाङको शव नेपाल ल्याउन चितवन समाज जापानले ५० हजार येन आर्थिक सहयोग गरेको छ ।
सिन्धुलीका तामाङको शवलाई नेपाल पठाउन तामाङ समाज जापानले सुरु गरेको आर्थिक सहयोग संकलन अभियानलाई साथ दिदै चितवन समाजले आर्थिक सहयोग गरेको हो ।
चितवन समाज जापानका अध्यक्ष सरोज कंडेलले विज्ञप्ति जारी गर्दै तामाङप्रति श्रद्धाञ्जलि व्यकत गरेका छन् ।
चितवन समाजका सबै केन्द्रीय कार्यसमिति पदाधिकारी रा सदस्यले एक हजारदेखि तीन हजार येन संकलन गरेर ५० हजार येन सहयोग गरेको समाजका सदस्य दीपक गौतमले जानकारी दिए ।