पोस्टमार्टम सहयोगीको पारिश्रमिक ८५ रुपैयाँ

पोस्टमार्टम सहयोगीको पारिश्रमिक ८५ रुपैयाँ

स्याङ्जा: जिल्ला अस्पताल होस् वा वालिङ प्राथमिक स्वास्थ्य केन्द्र, राज्यले शव चिर्ने सहयोगीलाई प्रतिशव एक सय रुपैयाँमात्र अतिरिक्त पारि श्रमिक दिने गरेको छ । तर ती सहयोगीले भने मूल्य अभिवृद्धि कर (भ्याट) कटाएर प्रतिशव जम्मा ८५ रुपैयाँमात्र पाउने गरेका छन् ।

कुखुराको मासु किन्न हिँडेका सन्तबहादुर दमै ५ दिनपछि मृत अवस्थामा भेटिए । पुतलीबजार नगरपालिका वडा नं. ९ लामागेका ४२ वर्षीय दमै केही महिनाअघि स्याङ्जा सदरमुकाममा मासु लिन आउँदै गर्दा चिप्लिएर खरबारीमा खसे । बटुवाले गनाइरहेको अवस्थामा उनको शव देखेपछि प्रहरीलाई खबर गरे ।

गनाएको शव जिल्ला अस्पताल लगियो । अनि चिरफार पनि भयो । मास्कको त के काम, नाकमा गलबन्दी नै बाँधेर चिरफार गर्नुपरेको कार्यालय सहयोगीको भनाइ छ । यी त एक पात्रमात्र हुन् । बाढीपहिरोमा पुरिएका, खोलाले बगाएका, बेवारिसे शव अत्यन्तै गनाउने र चिरफार गर्नसमेत अन्त्यत कठिन मानिन्छन् ।

असहज मृत्युको शव होस् वा दुर्घटनामा परी मृत्यु भएकाको शव पोस्टमार्टमका लागि ल्याइनेजति सबै शव कार्यालय सहयोगीले चिर्ने र सिलाउने गर्छन् । तर त्यसबापतको रकम भने ८५ रुपैयाँ भएको सहयोगी तिलकप्रसाद लामिछाने बताउँछन् ।

पोस्टमार्टमका लागि चिरफार गर्न राज्यले कुनै व्यक्ति खटाएको छैन । २०४८ सालमा स्याङ्जा अस्पताल स्थापना भएदेखि आजसम्म शव चिरफारको काम कार्यालय सहयोगीले नै गर्दै आएका छन् । जिल्ला अस्पताल स्याङ्जामा ५ जना स्थायीसहित २ जना करारका कार्यालय सहयोगी छन् । वर्षभरिमा स्याङ्जा अस्पतालमा आउने करिब एक सयभन्दा बढी शवको चिरफार तिनै सहयोगीले नै गर्ने गरेको अर्का कार्यालय सहयोगी लेखबहादुर रानाले बताए ।

'सबै चीजको महँगी बढेको छ । सरकारी तलब पनि बढेको छ । तर शव चिर्ने सहयोगीको भत्ताबापतको रकम भने अत्यन्त कम छ', अस्पताल प्रमुख डा. भेषराज गौतमले भने ।

मृतकको अवस्था हेरेर चिरफारका लागि समय लाग्ने गर्छ । बर्सौं पुराना केही कार्यालय सहयोगी अनुभवी र दक्ष भए पनि केही सहयोगीले त राम्रोसँग चिरफार गर्न नसक्दा चिरफारसहितको जाँचको काम पनि आफैंले गर्नुपर्ने बताउँछन् अस्पतालका डा. लेखनाथ लम्साल । एउटा शव चिरफार गर्न कम्तीमा ४५ मिनेटदेखि २ घन्टासम्म लाग्ने गरेको र टाउको नै खोल्नुपरे अझै धेरै समय लाग्ने लम्सालले बताए ।

त्यसो त डाक्टरका लागि पनि एउटा शव जाँचबापत राज्यले ४ सय ७५ रुपैयाँ अतिरिक्त पारि श्रमिक दिँदै आएको छ । उक्त रकम भ्याटसहितको हो । स्याङ्जामा भने जिल्ला अस्पताल र वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा मात्र पोस्टमार्टम हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.