ब्रिटिस कलेजको आयोजनामा इ-स्पोटस् च्याम्पियनसीप

 ब्रिटिस कलेजको आयोजनामा इ-स्पोटस् च्याम्पियनसीप

 काठमाडौंः द ब्रिटिस कलेजका विद्यार्थीले अन्तर कलेज इ-स्पोटसर्् च्याम्पियनसिप २०१६ आयोजना गरेका छन् । कलेजमा अध्ययनरत विद्यार्थीको आईटी क्लबले सोमबार प्रतियोगिता सुरु गरेको हो ।

नेपालमा इ-स्पोटसलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता थापाथलीस्थित कलेज परिसरमा कलेजका आईटी÷कम्प्युटर साइन्स विभागका एसोसिएट डिन अरुणलाल जोशीले उद्घाटन गरेका छन् । प्रतियोगितामा उपत्यकाका ४० वटा कलेजका विद्यार्थी सहभागी भएको छन् ।

प्रतियोगिता पाँच दिनसम्म चल्ने कलेजले जनाएको छ । प्रतियोगितामा फिफा-१६, डोटा-२, सीएसःगो खेलमा प्रतिस्पर्धा गराइने कार्यक्रमका संयोजक प्रतिक गौतमले बताएका छन् । फिफा-१६ खेलमा प्रतिस्पर्धा गर्न १५० भन्दा बढी विद्यार्थीले नाम दर्ता गराएका छन् ।

यसैगरी, डोटा-२ मा २४ टीम र सीएसःगोमा १६ भन्दा बढी टीमले नाम दर्ता गराएको गौतमले जानकारी दिए । युवा पुस्तामाझ लोकप्रिय भइरहेको इ-स्पोर्ट्सलाई नेपालमा प्रवद्र्धन गर्न र यस्ता खेलमा नेपाली युवालाई पनि अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस्तो प्रतियोगिताको आयोजना गरिएको द ब्रिटिस कलेजका मार्केटिङ तथा पीआर म्यानेजर सुमन श्रेष्ठले बताएका छन् ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कारका साथै प्रमाणपत्र र मेडलसमेत प्रदान गरिने कलेजले जाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.