बृज सिमेन्टका विजेतालाई बधाई
काठमाडौंः बृज सिमेन्ट प्रालिले आफ्ना उत्पादनलाई परिष्कृत गर्ने क्रममा कम्पनीले ल्याएको ‘अरुको सयचोटी बृज सुपर प्रिमियम सिमेन्टको एकैचोटी'भन्ने ग्राहक योजनामा सहभागी भई विजेता बन्ने ग्राहकलाई कम्पनीले बधाई दिएको छ ।
कम्पनीले होन्डा साइन मोटरसाइकल जित्ने नवलपरासीका दिनेश चापागाई, सामसङ एलईडी टीभी जित्ने धापाखेलका रामबहादुर थापा मगर, डिस होम जित्ने सांग्लाका मनोज डंगोल, तथा अरु थुप्रै पुरस्कार जित्नु हुने सम्पूर्ण ग्राहकलाई हार्दिक बधाई तथा यस योजनामा सहभागी हुनु भएकोमा धन्यवाद व्यक्त गरेको छ ।
यस योजना अन्तर्गत मोटरसाइकल जित्नु हुने दिनेश चापागाईलाई कम्पनीका प्रबन्ध निर्देशक गौरव अग्रवालले पुरस्कार हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । साथै कम्पनीले अझै लाखौंका नगद पुरस्कार बाँकी भएको पनि जनाएको छ ।