हबल्दारका छोराको हात भाँचिँदा चार वर्षीय बालक हिरासतमा

हबल्दारका छोराको हात भाँचिँदा चार वर्षीय बालक हिरासतमा

वीरगन्जः हबल्दारको छोरासँग गुच्चा खेल्ने क्रममा भएको झगडाकै निहुँमा प्रहरीले चार वर्षीय बालकलाई तीन घन्टा हिरासतमा राखेर मुक्त गरेको छ ।

प्रहरीले बाराको कलैया नगरपालिका वडा नम्बर ४ मा डेरामा बस्दै आएका मोतीलाल गुप्ताका चार वर्षीय छोरा मुन्ना गुप्तालाई सोमबार हिरासतमा राखेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराबाट मोटरसाइकलमा चढेर गएका दुईजना बर्दीधारी प्रहरीले सोमबार मध्याह्न १२ बजेतिर घरअगाडिको बाटोमा खेल्दै गरेका मुन्नालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेका थिए ।

बाटोमा खेल्दै गरेको अवस्थामा बालकलाई प्रहरीले अचानक उठाएर लगेपछि स्थानीयले बालकका अभिभावकलाई खबर गरेका थिए । प्रहरीले नाबालक छोरालाई पक्रेर लगेपछि उनकी आमा र काका जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए ।

‘प्रहरी कार्यालयमा गएर सोध्दा ड्युटीमा रहेका पुलिसले कुनै पनि बच्चा पक्रेर ल्याएका छैनौं भनेर हपारे । हामीले पटकपटक सोध्यौं तैपनि भनेनन्’, नाबालक मुन्नाकी आमा पुनम देवीले भनिन्, ‘मैले प्रहरी कार्यालयमै आगो लगाइदिन्छु भनेर धम्क्याएपछि बल्ल उनीहरूले महिला सेलमा राखेको छ भने ।’

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हबल्दार जालन्धर महतो कोइरीका १० वर्षीय छोराको हात भाँचिदिएको आरोपमा प्रहरी निरीक्षक अरुण कुशवाहाको निर्देशनमा प्रहरीले मोतीलालका नाबालक छोरा मुन्नालाई पक्रेर हिरासतमा राखेको मुन्नाकी आमा पुनम देवीले बताइन्् ।

अघिल्लो सोमबार गुच्चा खेल्ने क्रममा आफैं लडेर नालामा खसेका हबल्दार कोइरीका छोराको हात भाँचिएपछि त्यही निहुँमा प्रहरीले आफ्नो छोरालाई अपहरणको शैलीमा सोमबार पक्रेर हिरासतमा राखेको र एक हजार रुपैयाँ दिने सर्तमा तीन घन्टापछि मुक्त गरेको उनले बताइन् ।

‘क्षतिपूर्तिबापत प्रहरीले १५ हजार रुपैयाँ मागेका थिए । मैले मेरो छोराको कुनै गल्ती नै छैन भनेर अडान लिएँ । त्यसपछि एक हजार तिर्ने सर्तमा छोरालाई पुलिसले छाडेको हो’, उनले भनिन्, ‘सर्त गरे पनि म पैसा दिन्नँ ।’

नाबालक मुन्नाले पनि गुच्चा खेल्ने क्रममा आफ्नो खुट्टामा अल्झिएर हबल्दारको छोरा नालामा खस्दा हात भाँचिएको बताए ।

मुन्नाका अभिभावकले मध्यक्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डीआईजी पशुपति उपाध्यायलाई पनि फोन गरेर घटनाका बारेमा जानकारी गराएका थिए । डीआईजी उपाध्यायले फोन गरेर हपारेपछि बारा प्रहरीले नाबालक मुन्नालाई सोमबार तीन बजेतिर मुक्त गरेको थियो ।

बाराका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले भने छलफलका लागि बालकलाई प्रहरी कार्यालयमा ल्याइएको र छलफलपछि अभिभावकको जिम्मा लगाएर पठाइएको बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.