योगगुरु रामदेव वीरगञ्ज आउदै

योगगुरु रामदेव वीरगञ्ज आउदै

वीरगन्जः विश्वप्रसिद्ध  योगगुरु बाबा रामदेव पहिलो पटक वीरगन्ज आउने भएका छन् । पतञ्जली योगपीठले मंसिर ९ देखि १३ गतेसम्म गर्न लागेको बृहत निःशुल्क योग शिविरमा सहभागी हुन् रामदेव वीरगन्ज आउन लागेका हुन् ।

वीरगन्जको आदर्शनगर रंगशालामा सञ्चालन हुने पाँच दिने योग शिविरमा सहभागीलाई रामदेवले योग प्रशिक्षण दिनेछन् । वीरगन्जमा बुधबार आयोजित पत्रकार सम्मेलनमा पतञ्जली योगपीठका नेपाल सञ्चालक शालीग्राम सिंहले निःशुल्क योग शिविर र रामदेवको वीरगन्ज भ्रमणका बारेमा जानकारी दिए ।

पत्रकार सम्मेलनमा पतञ्जली योगपीठका नेपाल सञ्चालक सिंहले वीरगन्जको आदर्शनगर रंगशालामा मंंसिर ९ देखि १३ गतेसम्म चल्ने शिविरमा आठदेखि १० हजार जनाले सहभागिता जनाउने बताए  ।

शिविरमा राष्ट्रपति विद्या देवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली, संघीय समाजनवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर , सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तो लगायतका शीर्ष नेता पनि सहभागी हुने सिंहले जानकारी दिए ।

वीरगन्जमा सञ्चालन हुने योग शिविको आस्था टेलिभिजन च्यानल मार्फत् एक सय ९० देशमा प्रत्यक्ष प्रशारण गरिने सिंहले बताए ।

शिविरमा डेढदेखि दुई करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको  बताउदै उनले एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महत्तोले २५ लाख रुपैयाँ नगद सहयोग गर्ने आश्वासन दिएको जानकारी दिए आर्थिक नगरी वीरगन्जलाई विश्वभर चिनाउने उदेश्यले रामदेवको शिविर आयोजना गर्न लागिएको पतञ्जली योगपीठका नेपाल सञ्चालक सिंहले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.