हिमाल साउथ एसियन बन्द

हिमाल साउथ एसियन बन्द


काठमाडौंः करिब तीन दशकदेखि काठमाडौंबाट प्रकाशित भइरहेको अंग्रेजी भाषाको दक्षिण एसियाली पत्रिका ‘हिमाल साउथ एसियन’ को प्रकाशन स्थगन हुने भएको छ ।

‘राज्यका निकायहरूको निरन्तर असहयोगका कारण बाध्यताबस ‘क्रस‍बर्डर पत्रकारिता’ गर्ने हिमाल साउथ एसियन पत्रिकाको प्रकाशन स्थगन गर्नुपरेको’ प्रकाशक संस्था ‘साउथ एसिया ट्रस्ट’ ले जनाएको छ ।

ट्रस्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दक्षिण एसियाका अन्य ठाउँका मिडिया र नागरिक समाजलाई जस्तै ठाडो सेन्सरसिप या अन्य खालका हस्तक्षेपबाट नभई ब्युरोक्रेसीका विभिन्न अंगमार्फत दबाब दिई हिमाल साउथ एसियनलाई बन्द गराइएको हो ।’

ट्रस्टका अनुसार वैशाख २०७१ मा हिमाल साउथ एसियनमाथि व्यवस्थापिका संसद्मा दोषारोपण हुँदा र गत एक वर्षयता पत्रिकाका संस्थापक सम्पादक एवं ट्रस्टका अध्यक्ष कनकमणि दीक्षितमाथि प्रहार हुँदा पनि पत्रिका प्रकाशनमा आँच आउन नदिइएको तर स्थिति काबुभन्दा बाहिर पुगेपछि पत्रिका स्थगनको निर्णय लिइएको हो ।

आफ्ना दायित्व पूरा गर्न मंसिरसम्म भने पत्रिका निस्कने ट्रस्टले जनाएको छ । पछिल्लो समय पुस्तकाकारमा प्रकाशन हुने यो पत्रिकाले दक्षिण एसिया क्षेत्रका समसामयिक विषयमा गम्भीर बहस चलाइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.