नेपाली हात्तीको आक्रमणबाट भारतीय बालिकाको मृत्यु

नेपाली हात्तीको आक्रमणबाट भारतीय बालिकाको मृत्यु

वीरगन्जः नेपालको जंगलबाट भारतमा छिरेको हात्तीको आक्रमणबाट एक भारतीय बालिकाको मृत्यु भएको छ।

चितवन राष्ट्रिय निकुन्जको जंगलबाट गएराति पर्साको ठोरी नाकासंग सीमा जोडिएको भीखना ठोरीमा छिरेको हात्तीले आक्रमण गर्दा भीखना ठोरीका सुवास महतोकी छोरी १२ वर्षीया ममता कुमारीको मृत्यु भएको हो।

भिखना ठोरी रेल्वे स्टेशन नजिकै रहेको महत्तोको फुसको घरमा आक्रमण गरेको थियो। घरभित्र सुतेकी ममतालाई हात्तीले सुँडले घरभित्रबाट तानेर आँगनमा पछार्नुका साथै खुट्टाले कुल्चिएपछि उनको घटनास्थलमै मृत्यु भएको भारतीय सीमा सुरक्षा बल एस एसबीका भिखनाठोरी प्रभारी सुरेश कुमारले बताए।

ममतासंगै घरभित्र सुतेकी उनकी हजुरआमा ६० वर्षीया करिमन महतो पनि हात्तीको आक्रमणबाट घाइते भएकी छन्। घरमा हात्तीले आक्रमण गर्न थालेपछि ममताका हजुर बुबा भने चार जना नाती नातीनालार्इ लिएर भाग्ने क्रममा लडेर घाइते भएका छन्। घाइते दुवैको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
हात्तीले खिनाठोरी बजारमा रहेका तीनवटा घर पनि भत्काइदिएको एसएसबीका प्रभारी सुरेश कुमारले बताए। नेपालको जंगलबाट पसेको हात्तीले बालिकाको ज्यान लिएपछि भीखना ठोरीको जनजीवन त्रसीत बनेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.