जनकपुरमा कृष्णाष्टमी

जनकपुरमा कृष्णाष्टमी

जनकपुरधामः त्रेतायुगमा भगवान् कृष्णको जन्म भएको दिवसलाई भदौ महिनाको अष्टमी तिथिमा उत्सवका रूपमा मनाउने परम्परा छ । त्यही अनुरुप जनकपुरमा राधाकृष्णको प्रतिमा ठाउँठाउँमा स्थापना गरी कृष्णजन्माष्टमी पर्व सुरु भएको छ ।

जनकपुरमा टोलटोलमा राधाकृष्णको माटोको प्रतिमा स्थापना गरी कृष्णाष्टमी मनाउने गरिन्छ । रेल्वे स्टेसन चोकमा रेल्वे स्टेसन युवा कमिटीले यस वर्ष पनि कृष्णाष्टमी मेला आयोजना गरेको हो ।

५० वर्षदेखि रेल्वे स्टेसनमा हुने गरेको कृष्णजन्माष्टमी मेला यस क्षेत्रको ठूलो मेला हो । माटोको कृष्ण, राधा, यशोदा, वासुदेव र अन्य देवीदेवताका कलात्मक प्रतिमा बनाउन एक लाख रुपैयाँजति खर्च लागेको र सम्पूर्ण पूजा व्यवस्थापन गर्दै मेला लगाउन पाँच लाख रुपैयाँ खर्च भएको समितिका संयोजक शत्रुघ्न साहले बताए ।

समितिले प्रतिमा स्थापना गरेर रमणीय पंडाल बनाउनुका साथै मेलामा भजनकीर्तनको समेत व्यवस्था गरिएको साहले जानकारी गराए । बिहीबारबाट हुने पूजाका लागि बुधबार नै कुम्हारकहाँबाट प्रतिमा पूजास्थलमा लगिएको हो ।

कृष्णाष्टमीका लागि प्रतिमा घरमा बसाएर तथा टोलहरूमा सामूहिक रूपले पूजा गर्नका लागि तयारी पूर्ण भएको स्थानीय मनोज झाले बताए । तराईमा सरस्वती पूजा, दसैं र विश्वकर्मा पूजामा प्रतिमा स्थापना गरेर पूजा गरिएझैं कृष्णाष्टमीमा पनि प्रतिमा स्थापना गर्ने चलन पुरानो रहेको झाले बताए ।

धनुषाका गाउँगाउँमा युवाहरूले चन्दा संकलन गरी प्रतिमा स्थापना गरेर पूजा गर्ने गरेका छन् । प्रतिमाहरूको मूल्य चार हजार देखि ७० हजार रुपैयाँसम्म हुने कुम्हाले रामलोचन पण्डितले बताए ।

कृष्णाष्टमीको पहिलो दिन बिहीबार राधाकृष्णको प्रतिमा विधिवत् स्थापना गरी राति १२ बजे कृष्णजन्म मनाउने गरिन्छ । भोलिपल्ट जन्मोत्सवको अवसरमा मेला आयोजना गर्ने र घरमा पूजा गर्नेहरूले दिनभरि पूजा गर्दै राति जाग्राम बसेर भजनकीर्तन गर्ने र शनिबार प्रतिमालाई पवित्र जलाशयमा सेलाउने परम्परा छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.